लकडाउन खुलेको हो धरानमा ? (सम्पादकीय)

  • प्रकाशित मितिः चैत्र 21, 2076
  • 2130 पटक पढिएको
  • औजार संवाददाता

धरान उपमहानगरपालिकाले पटक–पटक बैठक राखेर लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । तर सडकमा नागरिकको भिड दिनदिनै बढ्न थालेको छ ।
धरानमा विहान बेलुका किराना पसल, सब्जी पसल, मासु पसलहरु खुल्ने गरेका छन् । जहाँ नागरिकको बाक्लो भिड लाग्ने गरेको छ । अधिकांश पसलहरु आधा सटर खोलेर व्यापार गरिरहेका छन् । अहिले बजारका चिया पसल र पान पसल समेत खुल्न थालेका छन् । लकडाउनलाई कडा पार्न पटक पटक बैठक बस्छ तर कार्यान्वयन फितलो हुँदा धरानलाई यसले भोली ठूलो हानी गर्न सक्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान किन जाँदैन ? समयमा नै केन्द्र सरकारले लकडाउनको घोषणा गरेर कोरोनाको संक्रमण नेपालमा फैलिनबाट रोकिएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार आइरहदा धरानमा भने लकडाउनको कार्यान्वयन देखिएको छैन ।
नागरिकलाई सब्जी अभाव भयो भनेर कृषि उपज बजार धरान र धरान उपमहानगरपालिकाको सहकार्यमा तरकारी विक्रिकालागी टोल टोलमा गाडी नै पु¥याइएको छ । तर त्यहाँसमेत आधारभूत सतर्कता देखिएको छैन ।टोल टोलमा पुगेका तरकारीका गाडीमा ठूलो भिड जम्मा हुने र व्यापारीले पञ्जा समेत नलगाएको पाइएको छ । जसले धरानमा कोरोनाको संक्रमणको जोखिम उच्च छ । यसलाई निर्मूल पार्न सम्बन्धित निकायको ध्यान पुगेको देखिदैन ।
पछिल्लो समय धरानमा सुरक्षाकर्मी समेत सडकमा देखिदैनन् । धरान उपमहानगरपालिका राहत सामाग्री जुटाउन लागि परेको छ । यहि समयमा धरानमा लकडाउनको उल्लंघन बढेको छ । यसलाई बेलैमा सचेत भएर लकडाउनलाई कडाइकासाथ कार्यान्वयन नगराउने हो भने पछि गएर पछुताउनु शिवाय अर्काे उपाय नहुन सक्छ । त्यसैले बेलैमा लकडाउनलाई नागरिकले समेत कडाइका साथ कार्यान्वयन गर्ने र प्रशासनिक निकायले समेत यसलाई कडाईका साथ लागु गर्न आवश्यक छ ।


नेकपालाई निर्वाचन आयोगको पत्र: ‘‘अध्यक्ष ओली र दाहाल नै’’

काठमाडौं । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत्

धरानमा राष्ट्रिय युवा संघको वडा कमिटि धमाधम गठन हुँदै

धरान । धरानको विभिन्न वडाहरुमा राष्ट्रिय युवा संघको वडा कमिटिहरी गठन भएको छ । धरानको वठा नं. ८, १६, ११, १४ र १

काँग्रेस: सभापति देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिक