प्रदेश १ का क्‍वारेन्टाइनमा १२० जना भर्ना, आइसोलेसनमा ५ को उपचार हुँदै

  • प्रकाशित मितिः चैत्र 13, 2076
  • 120 पटक पढिएको
  • औजार संवाददाता

कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेशका विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनमा १ सय १२ लाई राखिएको छ । ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यो बुधबार साँझसम्मको तथ्याङ्का हो ।

यस्तै, ६९ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ का प्राय सबै जिल्लामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्न सहज भएको स्वास्थ्यकर्मीले बताएका छन् । यसैबीच सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउन उल्लघंन गरी बुधबार सवारी चलाउने २०९ जनालाई नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ । ठूला तथा साना गरी ८ सय ८१ वटा सवारी साधन प्रहरी नियन्त्रणमा छन्।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व