चिनियाँ कम्पनीले नेपाललाई दियो २ हजार किट उपहार

  • प्रकाशित मितिः चैत्र 13, 2076
  • 380 पटक पढिएको
  • औजार संवाददाता

        काठमाडौं । चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो । 


व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ । ‘किट सहयोग नेपाल–चीनबीचको भातृत्वको भाव हो,’ कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले भनेका छन् । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ । त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ ।

सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ । कोरोना भाइरस परीक्षणका निम्ति किट अत्यावश्यक मानिन्छ । तर, कोरोना विश्वका १ सय ९७ बढी देशमा फैलिएपछि यो सर्वसुलभ हुन सकेको छैन । पर्याप्त किट नभएपछि नेपाल सरकार यसको जोहोमा जुटेको बुधबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका थिए । मन्त्री ढकालले चीनबाट तीन दिनभित्र आवश्यक स्वास्थ्य सामाग्री ल्याइने बताएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको भन्दै ट्वीट गरेकी थिइन् ।

किट अभावपछि टेकुस्थित राष्ट्रिय प्रयोगशालाले जनवरीदेखि हालसम्म ६८७ नमूना मात्र परीक्षण गर्न सकेको छ । यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये १ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने २ को उपचार भइरहेको छ ।


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं