कन्टेनरभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

  • प्रकाशित मितिः चैत्र 12, 2076
  • 81 पटक पढिएको
  • औजार संवाददाता

सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्जपुगेका ५२ यात्रुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट वीरगञ्ज फर्केको ना ५ ख ९५५२ नम्बरको सामान बोक्ने कन्टेनर चढेर उनीहरु वीरगञ्ज आइपुगेको एसपी पन्तले बताइन् । पक्राउ परेका ५२ जनाले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ दिएको बताइएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार लकडाउन उल्लंघन गरेर काठमाडौंबाट लुकेर वीरगञ्ज पुगेका ५२ यात्रु काठमाडौंबाट चितवनको भरतपुर, हेटौँडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले छाडेको छैन ।

 

 



 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व