लकडाउनको असरः सुनसान छ सडक, बजार सबै बन्द !

  • प्रकाशित मितिः चैत्र 12, 2076
  • 195 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाले धरानलाई पुरै लकडाउन गर्ने घोषणा गरेसँगै अहिले बजार पुरै बन्द छ भने सडक समेत सुनसान देखिन्छ ।
धरानको भित्रि चोक चोकमा प्रहरीहरु तैनाथ देखिन्छन् भने सर्वसाधरणको उपस्थिति देखिदैन । हिजो धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले १८ गतेसम्मकोलागी लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज सडकमा कोही देखिएका छैनन् । हिजो मात्रै प्रहरीले २ सय ५५ भन्दा बढी मोटरसाइकल ५२ वटा टेम्पो र सिटि सफारीलाई दिनभरी नियन्त्रणमा लिएर छाडेको थियो ।
आज घर बाहिर निस्कने पैदलयात्रीलाई प्रहरीले पक्राउ गर्ने र सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरिने । यसरी कारवाही गर्दा सवारी चालकलाई कैद सजाय सम्मको कारबाही गरिने प्रहरीले जनाएको छ । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्पलाइन मार्फत् स्वास्थ्य परामर्श सेवा दिइरहेको छ भने विपि प्रतिष्ठानकै चिकित्सकहरुको संस्था हाम्रो हातेमालो फाउण्डेशनले निःशुल्क रुपमा घरैमा पुगेर विशेषज्ञ सेवा दिइरहेको छ । जसकालागी निम्नअनुसारको हेल्पलाइनमा सहयोग लिन सक्नुहुनेछ ।

 

hatemalo-foundaiton


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व