कोरोनाको परीक्षण धरानमै गर्ने सरकारको निर्णय

  • प्रकाशित मितिः चैत्र 11, 2076
  • 1772 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोना भाइरस (कोभिड–१९) को परिक्षण अब धरानमा नै गर्ने निर्णय सरकारले गरेको छ । धरानसँगै पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय भएको छ । यो निर्णय कार्यान्वयनमा आउन केही दिन भने लाग्नेछ ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड १९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो । यसका लागि आवश्यक परीक्षण सामाग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ । त्यहाँ परीक्षण सुरु नहुँदासम्म विराटनगर र नेपालगञ्जबाट स्वाब संकलन गरी हवाईमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य मन्त्रालयको समन्वयमा पर्यटन मन्त्रालयले मिलाउनेछ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने कोरोनाको परिक्षण गर्ने ल्याब तयार गरीसकेको छ । प्रतिष्ठानका सह–प्रबक्ता डा. अकोश ऐरका अनुसार सम्पूर्ण तयारी पुरा भइसकेको छ, अब सरकारले किट पठाउने वित्तिकै हामी यहीबाट कोरोनाको परिक्षण गर्न सक्छौ ।

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व