आजदेखि धरानमा बाहिर हिड्न नपाइने, सवारी कुदाए जरिवाना र कैद हुने

  • प्रकाशित मितिः चैत्र 11, 2076
  • 1777 पटक पढिएको
  • औजार संवाददाता

धरान, ११ चैत । धरान उपमहानगरपालिकाको नेतृत्वमा मंगलबार धरान उपमहानगरपालिकामा बसेको सर्वपक्षिय बैठकले धरानमा सडकमा हिड्न समेत नपाइने निर्णय गरेको छ । सडकमा हिड्ने जो कोहीलाई प्रहरीले दिनभरी नियन्त्रणमा लिएर राती मात्रे छोड्ने छ । विश्वभरी नै कोभिड–१९ कोरोनाको संक्रमण बढि रहेको बेला धरानमा पनि सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको धरानका मेयर तिलक राईले बताउनुभयो । उहाँका अनुसार धरानको बजार बन्द हुने छ भने औषधी पसल मात्रै खोल्न दिइने छ । नियम उल्लंघन गर्ने व्यक्तिलाई ‘संक्रामक रोग ऐन, २०२०’ अनुसार कानुनी कारबाही गर्नेछ । ऐनमा सरकारले महामारी नियन्त्रण गर्न क्रममा जारी गरेको आदेश नमान्ने व्यक्तिलाई १ महिना सम्म जेल राख्न सक्ने प्रावधान गरिएको छ । तोकिएका मान्छेहरुलाई क्वारेन्टाइनमा बस्न वा अन्य नागरिकहरुलाई रोग सम्बन्धमा आदेश दिदा अटेर गरेमा १ महिनासम्म जेल सजाय हुन्छ । ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अवहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा र्पुयाए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि ऐनमा छ ।
उपमहानगरपालिकाका जनप्रतिनिधी सहित, प्रहरी, रेडक्रस, उद्योग वाणिज्य संघ लगायत संस्थाका प्रतिनिधि सम्मिलित बैठकले १८ गतेसम्मकालागी सबै बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताउनु भयो । उहाँले कोरोना भाइरसको महामारीबाट बच्नकालागी धरानबासीले योगदान दिने बेला आएको र संकटको घडिमा दुःख सहेर भएपनि सबै नागरिकले साथ दिनुपर्ने बताउनु भयो ।

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व