कोरोना संक्रमित किशोरीसँग आएका बाग्लुङका युवक : ‘घरमै क्वारेन्टाइनमा’

  • प्रकाशित मितिः चैत्र 11, 2076
  • 217 पटक पढिएको
  • औजार संवाददाता

कामाठमाडौं- फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित किशोरीसँगै आएका बाग्लुङका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।

किशोरीसँगै कतारबाट आएका ढोरपाटन नगपालिका–५ का २४ वर्षीय एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले जानकारी दिए।

‘संक्रमित किशोरीसँगै एउटै जहाजमा आएका अधिकारीचौरका ती युवालाई उनको घरमै विशेष निगरानीमा राखिएको छ’ नेपालीले नेपाल समयसँग भने,‘ उनकै दुई वटा मध्ये एउटा अलग्गै घरमा क्यारेन्टाइनमा राखिएको छ।’

स्वास्थ्यकर्मीसहितको टोली युवकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको र उनमा कुनै लक्षण देखा नपरेको नेपालीले जानकारी दिए।

परिवारका अन्य सदस्यहरुलाईसमेत अलग्गै घरमा क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै नेपालीले वडाध्यक्षले प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको बताए।

युवक एकरात काठमाडौंमा बसी भोलिपल्ट वाग्लुङ पुगेको उनको परिवारले जनाएको छ । १४ दिनसम्म घरमै क्वारेनटाइनमा बस्न सल्लाह दिँदै नमूना लिएर आफूहरु फर्किएको मेयर नेपालीले बताए।

फ्रान्सबाट फर्किएकी किशोरीमा कोरोना संक्रमण देखिएपछि उनीसँगै एउटै प्लेनमा आएका मानिसहरुको सरकारले खोजी गरिहरेको छ ।

-एजेन्सी

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व