घरमै गएर निःशुल्क विशेषज्ञ सेवा दिदै बिपिका चिकित्सकहरु (हेर्नुहाेस् सम्पर्क माेबाइल नं.)

  • प्रकाशित मितिः चैत्र 11, 2076
  • 3594 पटक पढिएको
  • औजार संवाददाता

धरान, ११ चैत्र । कोभिड–१९ कोरोनाभाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा बन्द गरेसँगै बिरामीहरुलाई उपचार तथा परामर्श दिनचिकित्सकहरुको संस्था हाम्राे हातेमालो फाउन्डेसनले हटलाइन सेवा सुरु गरेको छ ।
हटलाईनमा आएका समस्यालाई फोनबाटै परामर्श दिइने र परामर्शबाट नभए घरसम्म पुगेरै उपचार गर्ने उद्देश्यले हटलाईन सेवा सुरु गरेको फाउण्डेसनले जनाएको छ । धरानमा रहेका चिकित्सकहरुको संस्था फाउण्डेशनले विगतमा समेत उपचारको पहुँच नपुगेको स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको थियो । अहिले फेरि फाउन्डेशनले संक्रमणको महामारीका समयमा अस्पतालमा समेत लक डाउनको अवस्था भइरहेको अवस्थामा सर्वसाधारणको उपचारमा सहजत ाअपनाउन सर्वसुलभ उपचार गर्ने भएको हो । विपीमा ओपिडी लगायतका सेवा बन्दभ एको र हेल्प लाइनबाट उपचार गर्ने भएपछि हातेमालो फाउन्डेशनले भने समस्या भएका विरामीको घरमै गएर उपचार गर्ने भएको छ ।
फाउण्डेसनले विशेषज्ञ सेवाकोलागी बेग्लाबेग्लै हटलाईन नम्बरको व्यवस्था गरेको छ । साथै फेसबुकमा हातेमालो फाउण्डेसनको पेज मार्फत पनि आफ्ना समस्या राख्न सकिने र त्यहीबाट समाधान गर्ने फाउन्डेशनका प्रवक्ता डा. भुपेन्द्र साहले बताउनुभयो । उहाँले बिरामीको रिपोर्ट फेसबुक म्यासेन्जरमा हाल्न लगाएर रिपोर्ट हेरेर बिरामीलाई सल्लाह सुझाव दिने बताउनुभयो ।
हाडजोर्नी, दन्तचिकित्सा, मेडिसिन, सर्जिकल, लगायतका धरानका ३०–४० जनाको चिकित्सको टोलीले यसरी सर्वसाधारणलाई सर्वसुलभ ढंगले सेवादिने भएको हो । फाउन्डेशनका अध्यक्ष डा. इन्द्र लिम्बूले कोरोना भाइरसका कारण अस्पतालमा आउन नपाएका बिरामीहरुलाई घरमै गएर उपचार गराउने बताउनुभयो । बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चापलाई कम गर्दै सर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर आफूहरुले सकेसम्म सर्वसाधारणको उपचारमा संलग्न हुने निर्णय गरेको अध्यक्ष डा. लिम्बुले बताउनुभयो । सबै विभागका चिकित्सकहरु यस फाउन्डेशनमा आवद्ध भएकाले सर्वसाधारणको मधुमेह, उच्च रक्तचाप, छालाको समस्या, मुटुको समस्यालगायतका यावतसमस्याको उपचार गरिने डा. लिम्बुले बताउनुभयो ।

hatemalo-foundaiton

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व