लकडाउनको असरः सुनसान सडक, बन्द बजार (भिडियाे सहित)

  • प्रकाशित मितिः चैत्र 11, 2076
  • 607 पटक पढिएको
  • औजार संवाददाता

धरान, ११ चैत । सरकारले लकडाउनको घोषणा गरेसँगै सहरका सडकहरु सुनसान जस्तै देखिएका छन् ।
सडकमा अत्वाश्यक बाहेकका सवारी साधन देखिदैनन् भने हिड् डुल गर्ने सर्वसाधारण समेत कमै देखिन्छन् । सडकमा यतिबेला नेपाल प्रहरी र नगर प्रहरीहरु सर्वसाधारणलाई आवागमन गर्न रोकिराखेका छन् । प्रहरीले धेरैलाई सम्झाएर फर्काएका छन् भने अत्यावश्यक काममा हिडेका मानिसलाई समेत भरसक नहिड्न सुझाव दिइरहेका छन् ।
लकडाउनका कारण बजार समेत बन्द छ । बजारमा औषधी पसल, छिटफुट रुपमा किराना पसल खोलीएका छन् भने कही कही होटल समेत खुल्ला छन् । अन्य पसलका सटर बन्दछन् । धरान प्रवेशको मुख्य नाका तीनकुनेमा प्रहरीले आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ । तीनकुनेबाट एम्बुलेन्स, दुध बोक्ने गाडी, सब्जी तथा तरकारी बोक्ने गाडी र स्वास्थ्य संस्था, वित्तिय संस्थाका कर्मचारी बाहेकलाई रोकिरहेको छ । सार्वजनिक सवारीलाई रोक लगाइएको छ भने बिरामी बोकेका गाडी र प्रेसलाई भने छुट छ ।

हेर्नुहोस् धरानको तीनकुने प्रवेशद्वार र बजारको दृष्य ।

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व