काेराेना लागेपछि घर परिवारसँग भेट्न नमिल्ने र मरेपछि पनि घर लैजान नमिल्ने भन्दै धरानका डिएसपीले सबैलाई सचेत गराए

  • प्रकाशित मितिः चैत्र 11, 2076
  • 10110 पटक पढिएको
  • औजार संवाददाता

लकडाउनको असरः सुनसान सडक, बन्द बजार (भिडियाे सहित)

धरान । इलाका प्रहरी कार्यालय धरानका प्रमुख, डिएसपी ढुण्डिराज न्याैपानेले काेराेनाबाट सतर्क रहन अनुराेध गर्दै फेसबुक पाेष्ट गर्नुभएकाे छ। उहाँले काेराेनाले इटाली जस्ताे समृद्ध मुलुकलाइ समेत भयावह बनाइदिएकाे भन्दै खेलाची नगर्न भन्नुभएकाे छ।

हेर्नुहाेस् उहाँकाे स्टाटस जस्ताकाे तस्तै 

अहिले नेपालको अवस्था जस्तो छ, १५-२० दिन अगाडि इटालिको अवस्था पनि त्यस्तै थियो ! सरकारले हरेक ठाउमा बन्दी गरेको थियो, मानिसलाइ काम नपरी बाहिर ननिस्कन भनेको थियो, साबुनपानीले हात धुन मास्क लगाउन भनेको थियो, भेला नहुन भनेको थियो, घर भित्रै बस्न भनेको थियो । तर अहिले हामिले कोरोना भाइरसलाइ जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारलाइ टेरेनन, बहिर निस्कन र हिंड्न छोडेनन, रेस्टुरेन्ट जान भेला हुन गोष्ठी गर्न छोडेनन। अब अहिले हेर्नुस् इटालिको हालत कस्तो छ, हरेक दिन ३-४०० मनिसहरुले ज्यान गुमाइरहेका छन, भाइरसका कारण मर्नेको संख्या १५ दिनको अवधीमै चिनको भन्दा धेरै भैसकेको छ। पछिल्लो २४ घन्टामा मात्रै ७५० जना जतिले ज्यान गुमाएका छन। सजिलो छैन यो मरण, तपाइलाइ कोरोना लाग्यो भनेर थाहा पाउने बित्तिकै परिवारसंग भेट्न दिदैनन। मरेपछी पनि घर लैजान दिदैनन् ।

१ जनालाइ लागिहाल्यो भने फैलिन धेरै समय लग्दैन, नेपाल सानो देश, त्यसैमाथी हामीसंग कुनै प्रविधि छैन, त्यसैले हामी र हाम्रो देश सखाप हुन कत्ती पनि समय लाग्दैन। अहिले हाम्रो सरकारले पनि हामिलाइ धेरै सुझावहरु दिइराखेको छ, तर हामिले त्यसलाइ मजाकमा लिइरहेका छौ, यस्तै गर्यौ भने हाम्रो हालत पनि इटालिको जस्तो नहोला भन्न सकिँदैन। त्यसैले हामी पनि अहिल्यै बाट सचेत होऔ। जथाभावी बाहिर ननिस्कौ। बेलाबेलामा साबुनपानीले हात धोऔ र आफुले समातेका बस्तुहरुमा कुनै किटाणु छैनन् भन्ने निश्चित होऔ। मास्कको प्रयोग गरौ। भिटामीन सि युक्त खनेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवि, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं। घरमै बसौ र यो प्रकोपलाइ निम्तिन नदिऔ। आफू पनि सुरक्षीत रहौ र अरुलाई पनि सुरक्षित हुन निर्देशन दिऔ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व