औजार पत्रिकाको प्रकाशन स्थगन

  • प्रकाशित मितिः चैत्र 10, 2076
  • 188 पटक पढिएको
  • औजार संवाददाता

धरान । यस औजार दैनिकको प्रकाशन केही दिनकालागी बन्द गरिएको छ ।
औजार प्रकाशन सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित औजार पत्रिकाको छापा सँस्करण केही दिनकोलागी बन्द गरिएको हो । सोमबार पत्रिकाको कार्यालयमा बसेको बैठकले महामारीको रुपमा विश्वभरी फैलिइरहेको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राख्दै पत्रिकाको छापा संस्करण स्थगन गरेको हो । संस्थाका अध्यक्ष मोतीराज सुनुवारले पत्रिका छपाइ गर्ने प्रकृयासम्म त्यति धेरै समस्या नभएपनि वितरणमा अत्यन्तै समस्या भएकोले छापा संस्करण स्थागन गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार पत्रिका वितरण गर्दा वितरकहरु लगायत ग्राहकवर्गले समेत स्वास्थ्य सुरक्षामा प्रश्न उठाएपछि बाध्य भएर पत्रिका छपाइ बन्द गर्नुपरेको बताउनु भयो । छापा सँस्करण स्थगन भएपनि औजार दैनिकको अनलाइन संस्करण www.aujarnews.com र युट्युब च्यानल भने सूचारु र अपडेटेड रहने छ ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व