धरानमा ‘लक डाउन’को घोषणासँगै खाली भयो भानुचोक, अत्यावश्यक बाहेकका सबै सेवा बन्द (भिडियाे सहित)

  • प्रकाशित मितिः चैत्र 10, 2076
  • 10811 पटक पढिएको
  • औजार संवाददाता

received_1360371570820717 धरान । धरान उपमहानगरपालिकाले ‘लक डाउन’ मा जाने निर्णय गरेको छ । विश्व व्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नकोलागी लक डाउनको घोषणा गरिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनु भयो ।
लकडाउनका घोषणा भएसँगै धरानबाट विभिन्न स्थानमा छुट्ने कुनैपनि सवारी साधनहरु चलेका छैनन् । भानुचोक स्थित बसपार्क अहिले खाली गरिएको छ । तर काठमाडौ, पोखरा लगायतबाट रात्री बसमा आएका यात्रुहरु भने भानुचोकमा अलपत्र परेका छन् । धरानमा अलपत्र परेका यात्रुलाई भने गन्तव्यमा पु¥याउने व्यवस्था गरिने धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनु भयो । उहाँका अनुसार अहिले धरानमा भएका यात्रुहरुलाई सम्बन्धित गन्तव्यमा पु¥याउने व्यवस्था मिलाएर २१ गतेसम्मकालागी लक डाउन गरिएको छ । उहाँले सबै नगरबासीहरुलाई कोरोनाको सम्भावित जोखिमबाट बच्नकोलागी घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ । सरकारले नागरिकको जीवनको रक्षाका निम्ति यी सबै कदम चालिएकोले त्यसलाई नागरिकले अक्षरस पालना गर्नुपर्ने उहाँले बताउनु भयो ।

के हुन्छ लकडाउनमा ?

'लक डाउन'को पहिलो चरणमा नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्‍न आग्रह गर्ने, गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गर्नेलगायतका विषयमा छलफल भइरहेको छ। 'लक डाउन'को अवधिमा नेपाली सेनालगायतका सुरक्षा निकायहरु परिचालन गरिनेछ। 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व