‘रेगुलर ग्राहकलाई १० प्रतिशत छुट’

  • प्रकाशित मितिः चैत्र 8, 2076
  • 590 पटक पढिएको
  • औजार संवाददाता

द किचन लाउन्ज एण्ड बार पुतलिलाईनमा भर्खरै सञ्चालनमा आएको छ । करिब ३ महिना अगाडिदेखी यो लाउन्ज एण्ड बार सञ्चालनमा आयो । छोटो समयमा पनि यसले राम्रो उपलब्धी र प्रशंसा पाएको छ । यहाँको सेवा सुबिधामा ग्राहक धेरै सन्तुष्ट र खुशी छन् । यसैले अहिले सबैको रोजाइमा द किचन लाउन्ज एण्ड बार पर्ने गरेको छ । यसै बारका एक सञ्चालक जो ग्रामिण जिल्ला ओखलढुंगाको लिखु गाउँपालिका वडा नं ४ मा बि.सं. २०४० सालमा जन्मेर करिब दुई दशकदेखी यस क्षेत्रमा कार्यरत रही होटल व्यवसायमा एक उदाहरण समेत बनेका तिलक पाण्डेसँग यस लाउन्ज एण्ड बारको सेवा सुबिधा र उनको यस क्षेत्रको लामो अनुभवबारे गरेको छोटो कुराकानीः

व्यापार कस्तो चलिरहेको छ ?
व्यापार एकदमै राम्रो र सुखद छ अहिलेसम्म घाँटामा भने गएको छैन । हामीले यो लाउन्ज एण्ड बार सञ्चालनमा ल्याएको धेरै भएको छैन मात्र ३ महिना जत्ती भयो तर यो अवधिमा पनि हामिले सन्तोषजनक व्यापार गरेका छौ । उत्कृष्ट नभएपनी केहि हदसम्म राम्रै व्यापार गरेका छौ र सबै ग्राहकहरुको मन जित्न सफल बनेका छौ । बर्षदिनमा झनै राम्रो रिजल्ट दिन सक्ने हामिले आशा गरेका छौ । जहाँसम्म लाग्छ हामिले त्यो रिजल्ट छिटै दिनेछौ ।

यस लाउन्ज एण्ड बारको बिशेषता के छ ?
यसको बिशेषता भनेको ग्राहकलाई दिने सेवा सुबिधा र हाईजनिक फुडस सप्लिमेन्ट, स्वदेशी तथा बिदेशी परिकार, साथै नयाँ आइटमका खाना, कर्मचारी शिष्टचार, ग्राहक सुरक्षा खान बस्न र रमाउनको लागि पारिवारिक र सहज वातावरण हो । खानेकुरामा भन्नुपर्दा सोमाय ओपन ममः, चिकेन कडेन ब्लु, क्रन्ची चिकेन, ईटालियन, ईन्डियन, चाईनिज डिस, यिनै यहाँको बिशेषताहरु हुन् । यहाँबाट जम्मा १५० आईटमका खाना, पास्ताहरु उपलब्ध हुन्छ । ओपन किचन लाईभ कुकिङ लगायतका कुराहरु पनि यस बारको एक बिशेषता हो । हामीले गेष्टहरुसँग उनीहरुको अर्डरको कुराहरुलाई प्रत्यक्ष तयार पार्नेछौ जसले हामिले उपलब्ध गराउने खानेकुराहरुमा ग्राहकहरुले मिठो मानेर खानुहुन्छ ।

कति लागतमा सञ्चालन गर्नुभयो ?
जम्मा ५ जनाको सहकार्य र लगानिमा होटल सन्चालनमा ल्याएका हौ । सुर्य पाण्डे, मानबहादुर मगर, उत्तम कार्की, देवेन्द्र पाण्डे र म हामी जम्मा ५ जनाको करिब ६० लाखको लगानिमा होटल सञ्चालनम ल्याएका हौ । अन्य साथीहरुको आफ्नो अरु व्यवसाय पनि छ मेरो व्यवसाय, जागिर भएपनी यहि होटल नै हो । हामी ५ मध्ये होटल लाईनबाट आएको म मात्र हो अरु सबै साथिहरु व्यवसायिक नै हुनुहुन्छ । तर पनि हाम्रो सहकार्य राम्रै जमेको छ । त्यसैले यो छोटो अवधिमा पनि होटललाई राम्रो र व्यवस्थित रुपमा सन्चालन गरिरहेका छौ ।

ग्राहकबाट कस्तो खालको प्रतिक्रीया पाईरहनुभएको छ ?
ग्राहकबाट अहिलेसम्म त्यस्तो कुनै नकारात्मक प्रतिक्रिया भने आएको छैन । यहाँ जत्ती पनि आएका छन् खुसी भएर जाने गरेका छन् । यँहाको सेवा सुबिधाबाट सबै हर्षित छन् ।
पछिल्लो समय धरानमा बगरकोट नाईट लाईभ होटल तथा रेष्टुरेन्ट व्यवसाय व्यापार अत्यन्तै फष्टाएको छ । बजार एरियामा होटल व्यवसायको व्यापार त्याँहाको तुलनामा केही न्यून नै छ तर मेरो अनुभव अनुसार पछिल्लो समय हाम्रो यस द किचन लाउन्ज एण्ड बारलाई पनि धेरैले रुचाउन थालेका छन् । यहाँको दिइने सेवा, सुविधा, खानाहरुमा ग्राहकहरुबाट राम्रो प्रतिक्रिय आईरहेको छ । त्यो हामिले भनिरहनु पनि त्यत्ति आवश्यक पनि छैन प्रत्यक्ष यहाँका गेष्टहरुलाई पनि सोध्न सक्नुहुनेछ ।

अन्यभन्दा यहाँको ग्राहकलाई दिने सेवा सुबिधामा के छ फरक ?
धेरै फरक छ हामिले उपलब्ध गराउने सेवा सुबिधाहरु धरानको लागि नौलो र महत्वपूर्ण समेत छ । हाम्रो सेवाले ग्राहकहरुलाई फाईदा पु¥याईरहेको छ भन्ने कुरामा पूरा निर्धक्क छौ । हामिले उपलब्ध गराउने हाईजानिक फुड, (स्वास्थकर खाना),गेष्ट सुरक्षा अन्य भन्दा फरक छ । त्यसमा पनि रेगुलर कष्टोमरलाई १० प्रतिशत अफ समेत दिने गरेका छौ । एकपटक आएपछी दोहोर्याएर आउनेलाई हामिले यो सेवा दिएका हौ । बारले आफै पनि नँया नँया हाईजनिक कुराहरुको खोज गरि ग्राहकहरुको स्वास्थ्यमा सचेत रहि राम्रो र गुणस्तरिय फुड सप्लिमेन्ट गरिरहेको छ । कर्मचारी मात्र हामिले १२ जना राखेका छौ ।

हाईजनिक फुडको प्रचार धेरैले गर्छन् त्यस्तै त होइन ?
हामी आफै पनि यसबार धेरै सजग छौ । यसबारे बढी भन्दा बढि नै अनुभव र अध्ययन समेत गरेका छौ  । हामीले कुनै झुटो प्रचार र बिज्ञापनको भ्रम फैलाउने काम गर्ने गरेका छैनौ । जे सक्छौ त्यो उपलब्ध गराउछौ सक्दो ग्राहकहरुको स्वास्थ्यमा हामी बढी नै सजग रहने गरेका छौ । म आफै यस किचन लाउन्ज एण्ड बारको एउटा मालिकको रुपमा भएपनी सहायक बनि बारलाई हेरिरहेको छु । यस क्षेत्रमा धेरै अनुभव र फुडसहरुबारे अध्ययन समेत गर्दे आएको छु त्यसैले गेष्टहरुलाई उपलब्ध गराउने खानाहरुमा बेलाबेला कर्मचारिहरुलाई नेतृत्व गरि उनिहरुलाई हाईजानिक फुडसहरुबारे सजग गराउने काम पनि गरिरहेको हुन्छु । किचनमा आफै पनि काम गर्ने गरेको छु । यसले गर्दा पनि यहाँ उपलब्ध हुने खानेकुराहरुमा डराउनुपर्ने कुनै कारण छैन ।

के उदेश्यले धरानमा यो सञ्चालनमा ल्याउनु भयो ?
व्यसायिको उदेश्य भनेकै व्यवसायबाट राम्रो लाभ आर्जन गर्ने हो तर पनि हामी व्यवसाय संगै धरानलाई नँया चिचको अनुभव प्रदान गर्ने उदेद्दयले सञ्चालनमा ल्याएका हौ । नयाँ चिजलाई प्रवर्द्धन गर्ने लक्ष्यले काठमान्डु उपत्यका भन्दा बाहिर धरानमा पहिलोपटक यसलाई संचालनमा ल्याई यसको प्रत्यक्ष सेवा र सुबिधा दिने हिसाबले हामिले धरानमा सन्चालनमा ल्याउनुको मुख्य उदेश्य हो । अहिले छोटो अवधिमा राम्रो उपलब्धी र प्रशङसा पनि पाईरहेका छौ ।

यो क्षेत्रमा तपाईले कतिबर्ष बिताउनुभयो र अनुभव बताउनुस न ।
यो क्षेत्रमा त मैले लगभग दुई दशक बढी नै बिताईसकेको छु । अहिले पनि यसैमा निरन्तरता दिइरहेको छु यसैबाट आफू र आफ्नो परिवार निर्भर रहेको छ । सुरुमा थमेल आरएमडिसि इन्टिच्युटमा ३ महिना जत्ति तालिम लिएको थिए । त्यसपछि बैशालि होटल थमेल, रोयल स्टार होटल लगायतका होटलहरुमा मैले २० वर्ष जत्ती काम गरे । काम गर्न विदेश पनि गए दुबईको होटल रयाडोसनमा २ वर्ष कुक भएरै काम गरे । यस्ता थुप्रैै फाईभ स्टार लेबलको होटलको अनुभव बटुलेको छु ।

बिदेशमा पनि राम्रो कमाई हुन्थ्यो होला फेरि किन नेपाल फर्किनुभयो ?
बिदेशमा कमाई राम्रै हुन्छ तर सधै अरुको भरमा पर्नुपर्ने हुन्छ अरुको खटनमा काम गर्नुपर्ने हुन्छ । भनेको समयमा तलब पनि पाउन गाह्रो त्यो भन्दा आफैमा निर्भर हुनु उचित हो जस्तो मलाई लाग्छ । त्यसैले मैले पनि स्वदेशमै बसेर केही गर्ने योजना बनाए र बिदेशको जागिरलाई त्यागे र नेपाल फर्किए बिदेशको सीप र अनुभवलाई स्वदेशमै सदुपयोग गरे र आज बिदेश जानुपर्ने बाध्यता पनि रहेन ।

तपाईले होटल व्यवसाय नै किन रोज्नुभयो ?
म सानै उमेरदेखी यो क्षेत्रमा लगाब राख्ने गर्थे । प्रत्येकदिन फरक फरक खानेकुराका परिकारहरु र नयाँ–नँया खानाका आईटमहरु निकाल्ने मेरो सानैदेखि एक प्रकारको रुचि थियो । यसमा आफुलाई सन्तुष्ट पाउथे । यो क्षेत्र मेरो रोजाई र रुचि भएकै कारणले पनि आज यहि क्षेत्रमा केही सफल पनि भएको छु ।

लाउन्ज एण्ड बारको लागि अबको योजनाहरु के छ ?
भर्खरै यस लाउन्ज एण्ड बार प्रारम्भ गरेका छौ गर्नुपर्ने कुराहरु र योजनाहरु त धेरै छन ।
हाम्रो मुख्य योजना भनेको लाउन्ज एण्ड बारलाई थप सुविधायुक्त र व्यवस्थित गरि धरानकै नमुना लाउन्ज एण्ड बारको रुपमा स्थापित गर्ने र मानिसहरुलाई यस क्षेत्रमा आकर्षण गराउने रहेको छ । हप्तामा तीन चार पटक लाईभ म्युजिक समेत सञ्चालनमा ल्याउने सोच बनाएका छौ । अहिले पनि विभिन्न, बर्थडे पार्टी, विवाह उत्सव लगायतका सामान्य इभेन्टहरु गर्दै आएका छौ ।

dhnk


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच