पहिचान बनाउँदै ओसिस स्कुल

  • प्रकाशित मितिः चैत्र 5, 2076
  • 2329 पटक पढिएको
  • औजार संवाददाता

संखुवासभा मादी–३ मा जन्मिएका लेखमणी जिमीले विनोद माध्यमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका हुन् । उनी ५ कक्षा पढिसकेपछि पढाइकै सिलसिलामा हङकङ पुगे । हङकङमा करिब ५ वर्ष अध्ययन पश्चात संखुवासभाबाटै एसएलसी उत्तिर्ण गरे । त्यस पश्चात धरान झरेर क्याम्पस पढे । उनले पोखराको पृथ्वी नारायण क्याम्पसबाट जोग्राफिमा मास्टर डिग्रि गरे । उनी २०६४ साल पछि धरान आइपुगेका हुन् । उनका बुवा पोखराको एक बोर्डिङ स्कुलका प्रिन्सिपल थिए । बुवाकै आग्रह तथा इच्छामा उनले २०६४ सालदेखि ओसिस स्कुलमा अध्यापन गराउन पुगे । पछि विद्यालयको सम्पूर्ण जिम्मेवारी लिएर आफै सञ्चालक भए । बुवाको तिब्र इच्छा र श्रीमतीको समेत सहयोगमा उनले स्कुलमा लगानी गरे । तर अचानक बुवाको निधन भएपछि सम्पूर्ण जिम्मेवारी जिमीकै काँधमा आइप¥यो ।
उनको स्कुल सञ्चालन गर्न त्यति रुचि थिएन तर जिम्मेवारीले थोपरेपछि उनी त्यसमा अभ्यस्त भए । अहिले उनलाई विद्यालय कसरी नयाँ ढंगले अगाडी बढाउन सकिन्छ भनेर लागी परेका छन् । उनी नेपालको शिक्षा पद्धती व्यवहारिक नभएकोले कसरी शिक्षाको पद्धतीलाई व्यवहारिक बनाउन सकिन्छ भन्ने तर्फ केन्द्रीत छन् । भोली स्कुलबाट कुनै विद्यार्थी पासआउट हुँदा समाजमा कसरी सजिलै स्थापित गराउने र कसरी समाजमा सफल बनाउने भन्ने तर्फ उनी दिनरात योजना बनाउदै आएका छन् । त्यसै कारण उनले विद्यार्थीहरुलाई हाइकिङमा लैजाने, विभिन्न औद्योगिक क्षेत्रको भ्रमणमा लैजाने लगायत कृषिका काम देखाउन गाउँ गाउँमा लैजाने गर्छन् । आगामी वर्षदेखि उनले विद्यार्थीलाई पढाउनकै लागी छुट्टै कृषि फर्म समेत खोलेका छन् । जहाँ पशुपालनदेखि तरकारी खेतीसम्म गर्न सिकाउने उनको योजना छ । तर उनी इच्छुक विद्यार्थीलाई मात्रै त्यसतर्फ प्रेरित गर्ने बताउँछन् । आशा छ उनको नयाँ योजनाले सार्थकता एवं सफलता प्राप्त गर्नेछ ।

ओसिस इङ्लिस हाइ स्कुल २०५३ सालमा स्थापना भएर सफलतापूर्वक रुपमा सञ्चालन भइरहेको छ । स्कुलबाट पास आउट भएका विद्यार्थीहरु विभिन्न देशमा पुगेर सफल रुपमा अध्ययनरत तथा जागिरे भइसकेका छन् । स्कुलका विद्यार्थीहरु खेलकुदको क्षेत्रमा समेत उत्तिकै सफल छन् । स्कुलका प्रिन्सिपल लेखमणी जिमी नयाँ जोस जागरका साथ स्कुललाई धरानमा नै नमुना बनाउने अभियानमा लागि परेका छन् ।

उनले विद्यालयमा विद्यार्थीहरुलाई नयाँ नयाँ विषयमा ज्ञान दिइरहेका छन् । विद्यार्थीको रुचि अनुसार उनले विद्यार्थीलाई हाइकिङ लैजानेदेखि कृषिका विभिन्न क्षेत्रमा प्रयोगात्मक शिक्षा दिइरहेका छन् । अहिले ओसिस स्कुल धरान–१० चतरालाइनबाट सरेर धरान–१७ स्तित डाँडाघोपामा पुगेको छ । विद्यालयका प्रिन्सिपल लेखमणी जिमी भन्छन् –‘विद्यालयको भवन भाडामा लिएर विद्यार्थीलाई राम्ररी शिक्षा दिन नपाएको हो कि भन्ने लागेर आफ्नै जग्गामा भवन बनाएर विद्यालय सारिएको हो ।’

स्कुलको अवस्था
स्कुलमा अहिले करिब २९ जना शिक्षक शिक्षिाका र ५ जना कर्मचारी छन् । विद्यार्थी संख्या पनि राम्रै छ । हामी अबको शैक्षिक सत्रदेखि स्कुललाई डाँडा घोपामा सारेर नयाँ ढंगले अगाडी बढीरहेका छौ । शैक्षिक पद्धतीलाई पनि नयाँ योजनाले लैजाने तयारीमा जुटेका छन् प्रिन्सिपल जिमी । उनका अनुसार कक्षा ८ भन्दा मुनिका विद्यार्थीहरुलाई पूर्व व्यवसायिक शिक्षा दिइने छ । उनीहरुलाई साधारण तरकारी खेतीदेखि लिएर साधारण घरयासी कामको तालिम, चाडबाड कसरी मनाउने, दुना टपरी बुन्न सम्मको काम सिकाउन लागिएको छ । सहरमा एउटा नयाँ ढंगले विद्यार्थीलाई प्रत्यक्ष रुपमा व्यवहारिक ज्ञान दिदा भोली आउने अफ्टेरोसँग लड्न सहज हुने प्रिन्सिपल जिमीको ठम्याइ छ । उनी विद्यार्थीलाई बढी भन्दा बढी प्रकृतिसँग भिजाउन चाहान्छन् । उनी आफै जोग्राफियन हुन् । उनले पोखराको पृथ्वी नारायण क्याम्पसबाट भूगोल विषयमा डिग्री गरेका छन् । उनले इको टुरिज्जममा थेसिस लेखेका थिए । उनी चाहान्छन् हरेक विद्यार्थीले प्रकृतिसँग घुलमिल हुन सिक्नुपर्छ । भोली आउने जस्तो सुकै विपतलाई पनि सहज रुपले व्यवस्थापन गर्नका सहज हुन्छ ।

विद्यार्थीहरु पनि किताबी ज्ञान भन्दा बाहिरी ज्ञान लिनकालागि उत्सुक समेत हुन्छन् । विद्यार्थीलाई हाइकिङ लैजादा होस् वा कुनै औद्योगिक क्षेत्रको भ्रमण गराउँदा वा कृषिको काममा प्राक्टिकल गराउँदा धेरैजसो विद्यार्थी काममा केन्द्रीत भएर उत्सुक भएको उनले पाएका छन् । सहरका नानीहरु धेरैजसो समय साघुरो कोठामा बिताउनुपर्ने भएकोले पनि होला धेरै विद्यार्थीहरु बाहिरी विषयको ज्ञानलिन उत्सुक देखिन्छन् ।

पाठ्यक्रम विस्तारै सुधारीदैछ तर अझै धेरै सुधार्नुपर्छ
विद्यार्थीहरुलाई किताब पढाउन नै समय पर्याप्त नहुने गरी सरकारले पाठ्यक्रम विकास गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने उनको राय छ । उनी भन्छन् ‘विद्यार्थीहरुलाई प्रत्येक विषयको कक्षा ४५ मिनेट दिनुपर्ने भएकोले सो भन्दा बाहिरी ज्ञान दिन हामीलाई एकदमै गाह्रो छ । सरकारले दिएको पाठ्यांश भन्दा बाहिर जानु भनेको हाम्रो लागी ठूलो चुनौती जस्तै हुन्छ ।’ तर विद्यार्थीलाई बाहिरी ज्ञानको पनि उत्तिकै आवश्यकता भएकोले उनी चुनौती लिएर पनि बाहिरी ज्ञान दिन्छन् ।
पाठ्यांशमा भएका कतिपय प्राक्टिकलका कुरा दिने समय समेत नहुने अवस्था आउछ । जसले गर्दा विद्यार्थीले पनि जहिले कक्षामा बसेर पढ्नुपर्ने भएकोले उनीहरुलाई यस विषयमा उत्सुक्ता नहुने समस्या देखापर्न थालेको छ ।

विश्व बजारमा सफल छन् विद्यार्थीहरु
ओसिस स्कुलका विद्यार्थीहरु विश्व बजारमा सफल रहेको हाम्रो बुझाइ छ । बुझाइ मात्र नभइ त्यो कुरा तथ्याङ्कले पनि देखाउछ । मैले अहिले एक, दुई, तीन गरेर भन्ने भन्दा पनि हाम्रो स्कुलबाट पास आउट भएका विद्यार्थीहरु समाजमा स्थापित भइसकेका छन् । कतिपय विद्यार्थीहरु अध्ययनको शिलशिलामा अष्ट्रेलिया, अमेरिका, युके लगायतका देशमा पुगेर उतै स्थापित भएका छन् । स्वदेशमा हुनेहरु पनि डाक्टर, इन्जिनियर भएर सेवा गरिरहेका छन् । यसले के देखाउँछ भने हाम्रो विद्यालयमा पढेर पासआउट भएका विद्यार्थीको भविष्य उज्वल नै छ । विशेष गरी हामी बच्चालाई जिम्मेवार हुन सिकाउँछौ । सबै विद्यार्थीको लक्ष्य एउटै हुदैन । सबै विद्यार्थीको ट्यालेन्ट एउटै हुँदैन तर सबै विद्यार्थी जिम्मेवार चाही हुनै पर्छ । त्यो कुरा हामी बच्चलाई सिकाउँछौ ।

अनुभवी तथा दक्ष शिक्षक
विद्यालयमा जुनियर लेभलमा शिक्षण गर्ने शिक्षक शिक्षिका समेत १२ कक्षा पास गरेका छन् । सिनियर क्लासमा पढाउने शिक्षक शिक्षिकाहरु हामीले विषय विज्ञलाई नै नियुत्त गरेका छौ । विशेष गरी म्याथ र साइन्सकोलागी छुट्टै व्यवस्था गरेका छौ । पछिल्लो समय नेपाली विषयमा विद्यार्थीहरु कमजोर भएको गुनासो आउन थालेको छ । त्यो हाम्रो स्कुलमा मात्रै होइन सबै स्कुलमा । त्यही भएर नेपाली विषयकोलागी पनि हामीले विषय विज्ञलाई नै शिक्षकमा नियुक्ति दिएका छौ । हर सम्भव हामीले गुणस्तरीय शिक्षा दिन कुनै पनि कुरामा सम्झौता गरेका छैनौ । विद्यालयमा लामो समय शिक्षण पेशामा लगनशिल भएर लाग्नुभएका शिक्षकहरु हुनुहुन्छ ।

खेलकुदमा अब्बल
खेलकुदमा विद्यालयले हरप्रयत्न गरिरहेको छ । स्कुलका विद्यार्र्थी दिपक जिमी साइकलिङको डाउनहिल जुनियर तर्फ नेपाल च्याम्पियन भएका हुन् । उनले साफ गेममा समेत नेपालको प्रतिनिधित्व गरे । तर साफमा भने उनी चौथो भएका थिए । अन्तर विद्यालय स्तरीय प्रतियोगितामा पनि विद्यार्थीको उपस्थिति बलियो छ । ओसिस स्कुलका ४ जना विद्यार्थी अहिले प्याराग्लाइडिङको सोलो पाइलट भइसकेका छन् । उनीहरुले केही महिना ट्रेनिङ गरे टेण्डम (दुई जना उडाउने) व्यवसायिक पाइलट हुने प्रिन्सिपल जिमीले सुनाए । अहिले धरान–१७ डाडाघोपामा विद्यालयको भवन सारेपछि विद्यालय भित्र बास्केटबल कोर्ट बनाउने र भलिबल तर्फ खेलाडी उत्पादन गर्ने लक्ष्य उनको छ । भलिबलमा काठमाडौको न्यू डायमण्ड एकेडेमीले जस्तै गरी खेलाडी उत्पादन गर्ने उनको ठूलो धोको छ ।

व्यवहारिक शिक्षा तर्फ प्रोत्साहन
कृषि फर्म चलाएर विद्यार्थीलाई त्यसको साधारण ज्ञान दिने प्रिन्सिपल जिमीले योजना बनाएका छन् । सोही अनुरुप उनले कृषि फर्म सुरु पनि गरेका छन् । उनले कक्षा ५, ६ र ७ का विद्यार्थीलाई अनिवार्य रुपमा तरकारी खेतीदेखि कृषिका कामलाई पाठ्यक्रममा नै राखेर अध्यापन गराउने तयारी थालेका छन् । विद्यार्थीको रुचिलाई ध्यानमा राख्दै कृषि बाहेकका पर्यटन, प्रकृति, खेलकुद, गाइडिङ जस्ता क्षेत्रको पनि पूर्व व्यवसायिक शिक्षा जस्तो गरी विद्यार्थीलाई सिकाउने उनको सपना छ । जसलाई उनले यसै वर्षदेखि लागु गर्दैछन् । त्यसको तयारी स्वरुप उनले विद्यालयका ४ जनालाई प्याराग्लाइडिङ पाइलट बनाइसकेका छन् ।

विद्यार्थीलाई निःशुल्क यातायात, भर्नामा ५० प्रतिशत छुट
नयाँ ठाँउ डाडा घोपामा विद्यालय सारेपछि विद्यालयमा अध्ययरत विद्यार्थीलाई असहज नहोस् भन्ने उद्देश्यले विद्यालयले निःशुल्क यातायातको सुविधा प्रदान गरिरहेको छ । अभिभावकलाई थप आर्थिक भार नबढोस् भनेर यातायात निःशुल्क रुपमा उपलब्ध गराइएको हो । यातायात निःशुल्क भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा प्रिन्सिपल जिमिले गरेका छन् । नयाँ स्थानमा विद्यालय भवन सरेपछि भर्नामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । नयाँ विद्यार्थीलाई भर्ना शुल्कमा ५० प्रतिशत छुट गरिएको हो ।


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले