लेखक प्रधानको ‘रुदिना’ माथी परिचर्चा (भिडियाे)

  • प्रकाशित मितिः चैत्र 3, 2076
  • 374 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानका लेखक शिव प्रधानले लेखेको तेश्रो कृति ‘रुदिना’ उपन्यास माथी धरानमा टिप्पणी गरिएको छ ।
लामोसमयदेखि हङकङमा बसोबास गर्दै आएका प्रधानले विदेशीएकी एक नारी पात्रको जीवनलाई उपन्यासमा उतारेका छन् । उनको उपन्यास आइतबार धरानमा होम लन्च समेत भएको छ । कवियित्री कुन्ता शर्मा, साहित्यकार शरण राई, साहित्यकार एवं पत्रकार प्रतिमा विवश राई, महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले उपन्यास सार्वजनिक गरेका थिए । कार्यक्रममा उपन्यास रुदिनाबारे चर्चा गर्दै साहित्यकार कुन्ता शर्माले लेखक पुरुष भएर पनि महिलाको जीवनको क्रुर भोगाई, जटिलता, निराशा र कर्तव्यबोधलाई उपन्यासमा समेटेको भन्दै प्रशंसा गरिन् । उनले नारीप्रति संवेदनशिल र गहनरुपमा लेखिएको उपन्यासकोरुपमा रुदिनालाई चित्रण गर्दै भनिन्, ‘संघर्षको कथा हो रुदिना । मजस्ता महिलाले पढ्यो भने आफै रुदिना भएको महशुस गर्छ । यो संसारमा रुदिना कति छन्, कति ।’ समाजमा महिलालाई सन्तान उत्पादनको साधन मात्र ठान्ने सोच भएको भन्दै साहित्यकार शर्माले महिलाको त्यस्तो जिवन पशुमा कुकुरले भोग जस्तो मात्र हुने टिप्पणी पनि गरिन् । उनले पात्रहरुको जिन्दगीमा गर्भवती मात्र धेरै बनाउन नहुने सुझाव दिदै भनिन्, ‘महिला गर्भवती मात्र भइरहने हो भने कुकुर र मानिसको जिन्दगीमा फरक के भयो ? पात्रको जिन्दगी गर्भवती मात्र धेरै बनाउन हुन्न ।’
उपन्यास घोर निराशाको बीचमा पनि आशावादी भएको पनि शर्माले बताइन् । हङकङको जीवनशैली मात्र नभइ इतिहास र भुगोलबारे पनि उपन्यास रुदिनाले छर्लङ्ग पार्ने उनको भनाई थियो । ‘उपन्यासको प्रस्तुतीले पाठकको ध्यान तान्छ, पठनीय कृति छ,’उनले भनिन् ।

उपन्यासबारे चर्चा गर्दै साहित्यकार शरण राईले उपन्यासको नाम नै नौलो भएकोले के छ भनेर कौतुहलता ल्याउने धारणा राखे । संघर्षशील आमा, महत्वकांक्षी महिला, श्रीमतिको कथा रुदिनामा भएको उनले बताए । ‘जीवनमा अनेक समस्याहरु आउछन्, तरक कहिल्यै हतास हुनुहुदैन । संघर्ष गर्नुपर्छ । रुदिना उपन्यास पढ्दा यही सन्देश पाइन्छ,’राईले भने । कार्यक्रम संयोजक एवं साहित्यकार प्रतिमा राईले उपन्यास रुदिना नारीप्रधान भएको धारणा राखिन् । उपन्यासले हङकङको उज्यालोसँगै अध्यारो पाटोलाई पनि देखाएको उनको भनाई थियो । ‘शिव प्रधान दाई धरानकै पानी पिएर, यहीँको माटोमा हुर्किनु भएको हो, त्यसैले उहाँको कृतिबारे साक्षात्कार गर्नुपर्छ भनेर यो कार्यक्रम गरिएको हो,’कार्यक्रम संयोजक राईले भनिन् । उपन्यासकार प्रधानले भोजपुर, धरान, काठमाण्डौं हुदै आफु अढाई दशकअघि हङकङ पुगेको बताए ।
यसअघि छरिएको सिन्दुर र बहुलाईको यात्रा नामक दुई कथा संग्रह प्रकाशन भइसकेको जानकारी दिदै ती कथा संग्रहमा अधिकांश आफ्नै गाउँठाउँ र नेपालको परिवेशको कथाहरु लेखिएको बताए । एक कार्यक्रममा साहित्यकार परशु प्रधानले विदेशमा बस्दा नेपालको बिषय वस्तुमा कथा लेख्नु भन्दा यतै विदेशको कथा लेख्दा नयाँ स्वाद हुन्छ भनेर सुझाव दिएपछि रुदिना उपन्यास तयार भएको बताए ।

‘यो उपन्यासको प्रमुख नारी पात्र छ, विदेश ठुलो सपना बोकेर गएका हुन्छौं तर त्यहाँ पुगेपछि कति चिजहरु भोग्नुपर्छ । त्यहाँको सुखसयल भोगेपनि फेरि किन नेपाल फर्किनुपर्छ ? भन्ने छ,’उनले भने ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच