कोरानाको संक्रमण रोक्न इटहरी उपमहानगरको प्रयास

  • प्रकाशित मितिः चैत्र 1, 2076
  • 108 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिकाले कोराना भाइरसको संक्रमणका विषयमा उच्च सर्तकता अपनाउँदै हेल्प डेस्क स्थापनासहित सचेतनामुलक अभियान सुरु गरेको छ ।
विश्वका केही देशहरुमा कोरोना भाईरसको संक्रमण फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको सन्दर्भमा इटहरी उपमहानगरपालिकाले उच्च सर्तकता अपनाउनु पर्ने अवस्थालाई मध्यनजर गर्दै सचेतनामुलक अभियान थालेको हो । कोरोनाका कारण विश्व त्रसित बनिरहेको समयमा खुला सिमाना रहेको छिमेकी मुलुक भारतमा समेत संक्रमितहरु भेटी सकेको कारण उपमहानगरपालिकाले कोरोना रोकथाम तथा सचेतनाका लागि विभिन्न कार्यहरु सुरु गरेको जानकारी गराएको छ ।

उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले कोरोनाका विषयमा सुचना सामाग्री सहित इटहरी अस्पतालमा हेल्प डेस्क स्थापना गरिएको, नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा सुचनामुलक बोर्ड तथा ज्वरो नाप्ने थर्मोमिटर उपलव्ध गराउने, विद्यालयहरुमा सचेतनामुलक कक्षा सञ्चालन गर्ने, धेरै भिडभाड हुने कार्यक्रमहरु सभा सम्मेलन नगर्न अनुरोध गर्ने जस्ता कार्यक्रमहरु अघि सारिएको जानकारी दिइन् ।

त्यसै गरी सार्वजनिक ठाउँहरुमा साबुन पानीले हात धुने कर्नर व्यवस्था मिलाउने लगायतका कार्य पहिलो चरणमा गरिने भन्दै उनले पहिलो चरणको सचेतनामुलक कार्यक्रमका लागि उपमहानगरपालिकाले ८ लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिइन् ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व