केजिफ २ - ‘को रिलिज मिति घोषणा’

  • प्रकाशित मितिः चैत्र 1, 2076
  • 281 पटक पढिएको
  • औजार संवाददाता

चैत १ – शाहरूख खान अभिनित पछिल्लो रिलिज जिरोलाई पछि पार्दै वक्सअफिस सुखद् कारोबार गरेको कन्नड सिनेमा केजिएफको सिक्वल दर्शकका लागि प्रतिक्षित सिनेमा हो।

सर्वाधिक महँगो बजेटको कन्नड सिनेमा केजिफ २ले शुक्रबार सिक्वलको रिलिज मिति घोषणा गरेको छ।

सिनेमा यसै वर्षको अक्टुवर २३ मा रिलिज हुने तय भएको छ। कन्नडसहित तेलेगु, तमिल, मलायालम र हिन्दी गरी सिनेमा एकसाथ पाँच भाषामा रिलिज हुनेछ।

प्रशान्त निल निर्देशित सिनेमामा यश, श्रीनिधि शेट्टी, संजय दत्त तथा रविना टन्डनको मुख्य भूमिका हुनेछ,

सिनेमा संजय खलनायकको भूमिकामा हुनेछन् भने रविना यसै सिनेमाबाट कमब्याक हुँदैछिन्।

५० देखि ८० करोड भारूको महँगो बजेटमा तयार भएको सिनेमाले अनुमानित २५० करोड भारू कमाइ गरेको बताइन्छ।

-एजेन्सी


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व