अपहरणको नाटक गरी आफ्नै बुबासंग फिरौती रकम लिने छोरा पक्राउ

  • प्रकाशित मितिः फाल्गुन 28, 2076
  • 351 पटक पढिएको
  • औजार संवाददाता

मोरङ । अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका-३ का २४ बर्षीय मुकेश कुमार महत्तोले सोही दिन आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो । मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व