समय समयमा किन बर्सिन्छन् माछा...(भिडियाे सहित)

  • प्रकाशित मितिः फाल्गुन 25, 2076
  • 375 पटक पढिएको
  • औजार संवाददाता

संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । यस्ता घटनाले मान्छेलाई भयभीत तुल्याउँछन् भने वैज्ञानिकहरूलाई नयाँ तरिकाले सोच्न विवश पार्छन् ।

अमेरिका, जापान, भारत आदि देशमा बेला–बेला माछाको वर्षा भएको थियो । केही ठाउँमा त गोहीको समेत वर्षा भएको थियो । यस विषयलाई लिएर स्थानीय मानिसहरूमा भ्रम र भय रहेको छ ।

केही समयअघि थाइल्यान्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो । भयभीत मानिसहरूले यसलाई ईश्वरको सजाय भने । केहीले त यसलाई प्रलयको संकेत पनि माने ।

थाइल्यान्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हुने बताइन्छ । कति पटक त गोही पनि यस्तो वर्षामा आकाशबाट जमिनमा झरेको देखिएको छ ।

यो कुनै चमत्कार, प्रलयको संकेत या विज्ञानले हल गर्न नसकेको विषय भने होइन । वैज्ञानिकहरूले यसमाथि विस्तृत अध्ययन गरेका छन् । यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्छ । जब आँधी समुद्र हुँदै गुज्रिन्छ, त्यो पानीको भीषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा, भ्यागुता, कछुवा र कहिलेकाहीँ त गोहीसम्म लिएर जाने गर्छ । यी जीव आँधीसँग उडिरहेका हुन्छन् ।

तिनीहरू तबसम्म आकाशमा रहन्छन्, जबसम्म हावाको गति कम हुँदैन । हावाको गति कम भएपछि आँधी जहाँ पुगेको छ, त्यस क्षेत्रमा यी जीव वर्षाको पानीसँग खस्न थाल्छन् । वैज्ञानिक बिल इभान्सले जल प्राणीको यस्तो वर्षामाथि किताब लेखेका छन् ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे