२९ जना आमा सुन्दरी छानिए

  • प्रकाशित मितिः फाल्गुन 24, 2076
  • 169 पटक पढिएको
  • औजार संवाददाता

धरान । प्रदेश नम्बर १ को विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस स्टेट १ सिजन –३ को दुई अडिसनबाट २९ जना छनौट भएका छन ।

   वुमन वर्थ ग्रुपले आयोजना गरेको प्रतियोगिताको अडिसनबाट छनौट भएका प्रतियोगिहरूसंग शुक्रबार अभिभावक भेटघाट सम्पन्न भएको छ ।अडिसनबाट चित्रदेवी गुरूङ, रमिला मगर राई, लक्ष्मी सुनार, टिका लिम्बु, शान्ता तामाङ, मिना लिम्बु, रोजिना राई, शोभा जबेगु, निर्मला राई, विनिता राई, रम्भा गौतम, अनु तामाङ, पवित्रा बस्नेत, चेतना शर्मा, भगी लिम्बु, मनेता श्रेष्ठ, गिता निरौला श्रेष्ठ, सुनिता श्रेष्ठ, कला राई, सविना घिमीरे, भुमिका देवान, सन्ध्या श्रेष्ठ, चन्दा चौधरी, पूर्णता शाक्य, निर्मला पाठक, शिखा लिम्बु, तुला लिम्बु, सिन्धु सुब्बा र कुन्नी लिम्बु रहेका छन । आज भएको भेटमा प्रतियोगिताका कोरियोग्राफर डिजे ललित राईले तालिमको बारेमा जानकारी गराएका थिए ।
बुधबारबाट सुरू हुने तालिममा क्याटवक संगै मेकअप, महिला अधिकार, महिला स्वास्थ, डाइनिङ शिष्टचार, प्रश्न उत्तर लगायतको तालिम प्रदान गरीने उनले बताए । तालिम सम्बन्धित क्षेत्रमा स्थापित व्यक्तित्वरूबाट प्रदान गरीने उनले खुलाए । ग्रूपकी अध्यक्ष सुजता श्रेष्ठले छनौट भएका सबैलाई बधाई दिँदै मिसेस स्टेटलाई मिसेस नेपालसंँग सहकार्य गर्नका लागि समेत काम भइरहेको जनाइन् । उनले भनिन्,यसै तेश्रो वर्ष यो सम्भव नभए पनि आगामी वर्षहरूमा यस कुरालाई जोड दिइने उनले बताइन् । उपाध्यक्ष उमा ताम्राकारले प्रतियोगिताको फाइनल चैत्र १५ गते शभागृहमा हुने बताए । अहिले कोरोना भाइरसको समस्या भइरहँदा समेत प्रतियोगिताको तालिम नियमित हुने र परिस्थिती अनुसार फाइनलको मिति भने पछाडि सर्न सक्ने भएकाले सबै प्रतियोगिहरूलाई यसका लागि समेत तयार रहन उनले बताइन् । प्रतियोगिताको विजेताले नगद १ लाख, फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ साथमा विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । प्रतियोगितामा मिसेस फोटोजेनिक, फ्रेन्डसिप, डिसिप्लिन, बेस्ट वक, ट्यालेन्ट, पर्सनालिटी, पब्लिक च्वाइस, बेस्ट फिट्नेस, एक्टिभ, बिउटीफुल र बेस्ट ड्रेस गरी ११ वटा टाइटल प्रदान गरीने समेत उनले बताइन् ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व