टाइगरले स्विकारेः स्कूल पढ्दा श्रद्धा मेरो ठूलो क्रश हाे ? ‘मलाई थाहै थिएन’

  • प्रकाशित मितिः फाल्गुन 18, 2076
  • 623 पटक पढिएको
  • औजार संवाददाता

श्रद्धा कपुरलाई चाहने सह– कलाकारमा अर्का एक सुपरस्टारको नाम जोडिएको छ । अब टाइगर श्रोफले मिडियासँगको साक्षात्कारमा जब उनी स्कूलमा थिए तब उनलाई श्रद्धा कपुर असाध्यै मनपर्ने खुलासा गरेका छन् । टाइगरले आफ्नो स्कूलको दिनको कुरा खोतल्दै आफूहरु एउटै विद्यालयमा पढ्ने गरेको जानकारी पनि दिए । उनले भने, ‘त्यतिबेला मेरो श्रद्धा कपुरमाथि निकै ठूलो क्रश थियो तर मैले उनलाई आफ्नो फिलिङबारे कहिले बताइनँ, किनभने मलाई असाध्यै डर लाग्थ्यो ।’

श्रद्धा कपुरलाई ‘के तपाईंलाई कहिले टाइगरमा क्रश थियो ?’

भनेर प्रश्न सोधियो तब टाइगरले श्रद्धामाथिको क्रसबारे जानकारी दिएका हुन् ।

यसमा टाइगरले बीचमै रोक्दै भने, ‘उनलाई क्रश थिएन, बरु मलाई थियो । स्कूलका दिनमा म उनलाई हेर्न मरितुल्य हुन्थेँ ।’ टाइगरको यो कुरा सुनेर श्रद्धा अचम्मित हुँदै भनिन्, ‘मलाई त यो कुरा थाहै थिएनँ । यदि थाहा हुँदो हो त यसबारे पक्कै केही गर्ने थिएँ ।’

जब श्रद्धालाई आफ्नो भावना किन व्यक्त नगरेको त भनेर सोधियो तब टाइगरले निकै रोचक जवाफ दिए । उनले भने, ‘मलाई कस्तो डर लाग्थ्यो । टाढाबाटै हेर्यो बस्यो । जब उनी आफ्नो स्कूल करिडोरमा हिँड्थिन् उनको कपालमा हावामा उड्थ्यो ।

टाइगरको यस्तो कुरा सुनेर श्रद्धाले आफ्नो हाँसो रोक्न सकिनन् । स्मरण रहोस्, टाइगर श्रोफअघि वरुण धवनले पनि उनलाई श्रद्धामाथि क्रश भएको खुलासा गरिसकेका छन् ।

-एजेन्सी


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व