‘यो वर्षको सिङ्गिङ स्टारको अडिसन ओखलढुंगाबाट’

  • प्रकाशित मितिः फाल्गुन 16, 2076
  • 263 पटक पढिएको
  • औजार संवाददाता

धरान । पूर्वाञ्चल वागिना कला केन्द्र धरानको आयोजनामा विगत लामो समयदेखि हुँदै आएको पूर्वाञ्चल सिङ्गिङ स्टारको सातौ संस्करणको अडिसन आगामी फागुन १८ गतेदेखी सुरु हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन विहिबार पत्रकार महासंघ सुनसरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पहिलो अडिसन ओखलढुङ्गाबाट सुरु हुन लागेको आयोजकले जानकारी दिएको हो । ‘युवा प्रतिभा गायन खोजी हाम्रो अभियान’को मुल नाराका साथ सञ्चालन हँुदै आएको प्रतियोगिताले यस अगाडी आफ्नो छैठौ संस्करणलाई भव्यतापुर्वक सम्पन्न गरेको थियो ।

आयोजकले गायन प्रतियोगितासँंगै विगत ३ वर्षदेखि मिस स्टेट वान समेत एकै मञ्चबाट एकैदिन दुई प्रतिभाको सञ्चालन गर्दे आएको छ । यस वर्ष पनि पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन ८ र मिस स्टेट वान सिजन ३ एकैसाथ हुने भएको हो । गायनमा यसपटकको प्रथम पुरस्कार नगद ५० हजार,१ वटा गित रेकर्ड,१ वटा म्युजिक भिडियो,१ वर्ष निशुल्क म्युजिक कोर्ष साथमा १ वटा गितार र दोस्रो हुनेले नगद २५ हजार,१ वटा गित रेकर्ड,६ महिने निशुल्क म्युजिक कोर्ष,१ वटा गितार,तेस्रोले नगद १५ हजार १ वटा गित रेकर्ड,३ महिने निशुल्क म्युजिक कोर्ष , १ वटा गितार प्रात्त गर्नेछ । साथमा टप १० अन्तर्गतका बेस्ट भोकल,बेस्ट डिसिप्लिन,बेस्ट परफमेन्स र बेस्ट पब्लिक च्वाईज एवार्ड समेत प्रदान गरिने कार्यक्रमका संयोजक भक्तिराज राईले जानकारी गराए । त्यस्तै मिस स्टेट तर्फको विजेताले स्कुटी,क्राउन,एवार्ड दोस्रोले नगद ५० हजार,क्राउन,एवार्ड र तेस्रोले नगद २५ हजार,क्राउन,एवार्ड प्राप्त गर्नेछन् । साथमा मिस ट्यालेन्ट,मिस पब्लिक च्वाईज,मिस डिसिप्लिन,मिस पर्सनालिटी,मिस पंचुएल,मिस बेस्ट स्माईल,मिस बेस्ट फिगर,मिस बेस्ट क्याट्वाल्क,मिस चार्मिङ,मिस ब्युटिफुल हेयर,मिस एसएमएस भोटिङ,मिस फोटोजेनिक र मिस एक्टिभ एवार्ड समेत प्रदान गरिने संयोजक राईले जानकारी गराए । गायन प्रतियोगिताको सातौ संस्करणमा मोरङको सुमित राई र मिस स्टेट वान सिजन २ को धनकुटाकी रजनि तुम्सा लिम्बु विजेता बेनेकी थिईन । 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व