मच्छिन्द्रलाई स्तब्ध पार्दै पुलिस फाइनलमा (टाइब्रेकर हेर्नुहाेस् भिडियाेमा)

  • प्रकाशित मितिः फाल्गुन 15, 2076
  • 2109 पटक पढिएको
  • औजार संवाददाता

धरान, १५ फागुन । लिग च्याम्पियन मच्छिन्द्र क्लब काठमाडौलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब काठमाडौ २२ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्ब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार धरान रंगशालमा भएको अन्तिम सेमिफाइनलमा सडन डेथमा मच्छिन्द्रलाई पराजित गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भारती, तिर्थ राना मगर, र जुमनु राईले गोल गरे भने सुमन सुवेदीको प्रहार मच्छिन्द्रका गोल किपर बिशाल श्रेष्ठले बचाएका थिए । त्यस्तै मच्छिन्द्रका रञ्जित धिमाल, बिमल घर्तिमगर, विजय धिमाल, देवेन्द्र तामाङले गोल गरे भने बिशाल राई ‘बी’ को प्रहार पुलिसका गोल किपरले बचाए । टाइब्रेकरमा ४–४ गोल बराबरी भएपछि सडन डेथमा पुलिसका कपिल ढकालले गोल गरे भने मच्छिन्द्रका कप्तान समेत रहेका बिराज महर्जनको प्रहार पुलिसका गोल किपरले सञ्जित श्रेष्ठ रोकेका थिए ।
खेलमा मच्छिन्द्रले पुरै दबाब राखे पनि स्कोर गर्न नसक्दा पराजित भयो । खेलको म्यान अफ द म्याच पुलिका गाेल किपर सञ्जित श्रेष्ठ घोषित भए । उनलाई नगद १५ हजार प्रदान गरिएको थियो । त्यस्तै खेलमा मच्छिन्द्रका रञ्जित धिमालले गरेको गोल उत्कृष्ट घोषित हुँदा उनलाई ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
शनिबार धरान रंगशालामा नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । फागुन १० गतेदेखि सुरु भएको प्रतियोगितामा २ विदेशी सहित ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार जित्नेछन् ।


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्