‘सिपी मैनाली चढेको गाडी बर्दिबासमा दुर्घटना : अस्पतालमा उपचार हुँदै’

  • प्रकाशित मितिः फाल्गुन 15, 2076
  • 298 पटक पढिएको
  • औजार संवाददाता

जनकपुरधाम- नेकपा मालेका महासचिव सिपी मैनाली चढेको गाडी बर्दिबासस्थित रातो पुलमा बिहीबार दिउँसो दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन्।

उनी चढेको गाडी अर्को गाडीसँग ठोक्किँदा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए।

बर्दिवासको जनसेवा अस्पतालमा उपचाररत माले महासचिव सिपी मैनाली।

उनको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

-एजेन्सी

 


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्