मेला झमेला नबनोस्

  • प्रकाशित मितिः फाल्गुन 15, 2076
  • 207 पटक पढिएको
  • औजार संवाददाता

सुनसरी उद्योग बाणिज्य संघले आयोजना गर्ने १० दिने औद्योगिक व्यापार मेला धरानमा लाग्ने भएको छ । धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा यही फाल्गुण १५ गते देखि २४ गते सम्म लाग्ने औद्योगिक व्यापार मेला २०७६ को अन्तिम तयारी पुरा भएको जानकारी दिईएको छ । पर्यटन, कृषि, सुचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रर्वद्धन सहित आन्तरीक र वाह्य पर्यटक सहित तीन लाख बढीले मेलाको अवलोकन गर्ने बताईएको छ ।

धरानमा निकै लामो समयसम्म मेला लाग्न छाडेको अवस्थामा सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा लाग्न लागेको यो मेलामा मेला नलागी झमेला देखिन थालेको छ । मेलामा लगाईने बाल उद्यानले करोडौ पैसा बिदेसिने भनेर इटहरीका नारायण महतोले धरान उपमहानगरपालिका, आन्तरीक राजश्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र अख्तियारमा उजुरी दिएका छन् । विगतका धरानमा लाग्ने मेलाहरुमा पनि यही विषय विवादमा आउने गरेका थिए । उद्योग बाणिज्य संघले लगाएको मेलामा पनि बाल उद्यान राखिएको र यसबाट धेरै पैसा असुली हुने र यहीनै कमाउ धन्दा हुने भन्दै विरोध हुदै आएको थियो । तर उद्योग बाणिज्य संघले लगाउने मेलामा समेत यस्तो भए पछि असन्तुष्ट महतोले उजुरी हालेको बुझिएको छ । उनी पनि मेलामा विभिन्न बाल उद्यान लगायतको गतिविधि संचालन गर्दे आएको र उनले मेलामा संचालन गर्न नपाए पछि उजुरी गरेको आयोजकको दावी छ । तर यो विषयमा उद्योग बाणिज्य संघका केही सदस्य समेत असन्तुष्ट छन् । आयोजकले बाल उद्यानलाई व्यावस्थित बनाउन र करको दायरामा ल्याउनका लागि भ्याट सहितको टिकट बेचिने र के कति आमदानी सबै हिसाब किताब राख्ने बताईएको छ । जे होस् धरानमा निकै लामो समय पछि लाग्दै गरेको औद्योगिक व्यापार मेला सफल होस् । विबाद रहित अनि सवैको पहुँचमा मेला पुगोस । सुरुमा उठेको सामान्य विवाद समयमै समाधान होस ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्