‘इलाममा विश्वमै दुर्लभ जातको चिया’ : संरक्षणकै चिन्ता

  • प्रकाशित मितिः फाल्गुन 15, 2076
  • 168 पटक पढिएको
  • औजार संवाददाता

इलाम, १५ फागुन । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ ।चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो ।

ilamm

विसं १९२० मा तत्कालीन बडाहाकिम गजराजसिंह थापाले रोप्न सुरु गरेको चिया अहिले देशैभर विस्तार हुने तरखरमा छ । जहाँ पहिलो पटक चिया रोपियो, त्यही बगान भने अहिले खण्डहर बन्न थालेको छ ।

जिल्लावासीले विगतदेखि नै यो बगानलाई चियाको अनुसन्धान केन्द्र बनाइनुपर्ने माग सरकारसँग गरेका छन् । तर, नेपाल सरकारले इलाम चिया बगानसहित सात वटा चिया बगान २०५७ सालमा ५० वर्षका लागि त्रिवेणी सङ्घाई समूहलाई लिजमा दिएपछि यो चिया बगान दिनानु दिन जीर्ण बन्दै गएको छ ।

चियाको इतिहास नाशिने अवस्थामा पुगेपछि इलाम नगरपालिकाले आफ्नो छैटौँ नगर सभाबाट सरकारलाई इतिहास जोगाउन आग्रह गरेको छ । नगर सभाले चियाको इतिहास बचाउनकै लागि इलाम चिया बगान नगरपालिकालाई हस्तान्तरण गरिदिन आग्रह समेत गरेको छ ।

आइतबार सम्पन्न नगर सभाले इलाम चिया बगानमा रहेको ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण गर्दै चिया सङ्ग्रहालय र अध्ययनन, अन्वेषणको केन्द्रका रूपमा स्थापना गर्न नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए ।

डेढ सय वर्षअघि चीनबाट ल्याएर रोपिएको यहाँको चिया विश्वमै दुर्लभ हुन लागेको जात रहेको चियाविज्ञ सोनाम पाल्जोर लामा बताउँछन् । यो चियाको वैज्ञानिक नाम ‘क्यामेलिया साइनेसिस’ हो । लामाले भने, ‘ओरिजिनल क्यामेलिया साइनेसिस चाहिँ अहिले इलाम चिया बगानमा मात्रै छ ।’ गोरखापत्र दैनिकबाट


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्