‘पाइलटले अनौठो तरिकाले गरे प्रेमिकालाई प्रपोज’ (भिडियो)

  • प्रकाशित मितिः फाल्गुन 11, 2076
  • 474 पटक पढिएको
  • औजार संवाददाता

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको भिडियोमा एयरफोर्सका एक पाइलटले अनौठो तरिकाले प्रेमिकालाई प्रपोज गरेको देखिन्छ ।

अमेरिकी एयरफोर्सका पाइलट स्टुआर्ट शिप्पीले प्रेमिका मेरी लिस्मानलाई प्रोपज गर्नका लागि विशेष बेलूनबाट औंठीलाई आकाशमा पठाएका हुन् । आकाशमा नष्ट हुनुअघि औंठी ९० हजार फीट मासथ पुग्छ र पृथ्वीमा फर्किन्छ ।

शिप्पी अमेरिकाको मिसूरीमा बस्छन् । उनले केही साथीहरूसँग मिलेर आकाशमा औंठी पठाउने योजना बनाए । तर उनले वास्तविक इन्जेगमेन्ट रिंगको साटो मोडल रिंग आकाशमा पठाएका हुन् । औंठी भएको बेलूनमा क्यामरा पनि फिट गरिएको थियो । त्यसले रिंगको पूरा यात्रा क्यामरामा कैद गर्‍यो ।

बेलून आकाशमा नष्ट हुँदा औंठी पृथ्वीमा खस्यो । जीपीएसको सहायताले औंठीलाई खोज्न सकिएको थियो । प्रेमिकाले आकाशबाट झरिरहेको औंठीलाई हेर्दै गर्दा पाइलटले वास्तविक औंठी प्रेमिकाका लागि दिँदै बिहेका लागि प्रपोज गरे ।

-एजेन्सी


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व