कुवेत पठाउछु भन्दै लाखौ ठगी गरी फरार रहेका भानुभत्त खड्का अझै वेपत्ता

  • प्रकाशित मितिः फाल्गुन 10, 2076
  • 606 पटक पढिएको
  • औजार संवाददाता

 कुवेत पठाउने आस देखाएर लाखौ ठगी गरेर फरार भएका बाके बस्ने भानुभत्त खड्का क्षेत्री अझै वेपत्ता रहेका छन् । डन ईन्टरनेशनल मेनपावरमा पेस गरेको बताउदै कुवेतको लागि भनेर करीब १० महिना अगाडी ५ जनाले उनको थ्रोबाट कुवेत जान तयारी गरेका थिए । भोजपुरका सुरेश राई,रामकुमार राई,ज्ञान बहादुर राई,मिलन राई,गोर्ख बहादुर राई ले कुवेतको लागि भनेर उनको मार्फत पेश गरेका थिए । खड्का क्षेत्रीले डन ईन्टरनेशनल मेनपावरमा पेस गरेको भन्यो र भिसा प्रोसेसको लागि ४० हजार डिपोजित चाहिन्छ र १० दिनमा उडान हुन्छ भनेर पैसा मागेपछि विश्वास गरेर उनको नाममा पाँच जनाले नै पैशा आईएमि गरेको सुरेश राईले बताए ।

उनले भने त्यसपछि २ महिनासम्म कुर्दा समेत भिसा नआएपछि १० दिनभित्रमा उडान हुन्छ भनेको २ महिना वितिसक्दा समेत किन भिसा नआएको भनेर बारम्बकार सोध्न थाल्यो उनले उत्तरमा हुदैछ मात्र भने त्यसपछि हामी काठमाडौ आउछौ पैसा र पासपोर्ट फिर्ता दिनु भन्यौं र उनले हुन्छ आउनु भनेपछि काठमान्डु आएर उनको होटल मामा भान्जामा पुग्यो अनि कुरा भयो आज हुदैन भोलि सबै दिन्छु भन्यो त्यसपछि अर्को दिन जादा पासपोर्ट मात्र दियो पैसा भोलि दिन्छु भनेर उनले भाका राखे त्यहादेखि पनि हामिले विश्वास गरेर हुन्छ भनेर गयौ अर्को दिन मोबाईल सम्पर्क गर्न खोज्यो तर उनको मोबाईलमा सम्पर्क हुन सकेन बारम्बार फोन गर्दा पनि सम्पर्क हुन सकेन उनने मोबाईल फोन बन्द गरेर राखेका रहेछन । त्यसपछि अर्कोचोति कल गर्दा एक चोटी मात्र लाग्यो र उनले उठाए पनि म घर जादैछु आएपछि मिलाउला उनले भन्यो ।

त्यो उनले भनेपछि हामिले विश्वास गरेनउ पटक पटक हामिलाई झुक्याउदै आएको यो मान्छे पक्कै पनि यतै कता लुकेर बसेको हुन सक्छ भनेर हामि उनको होटलमा छर्के चेक गर्दा उनलाई त्यहि भेटियो । त्यसपछि माफ मागेर अर्जिनल नागरिकता र बैक अफ काठमाडुको चेक काटेर एक हत्ताको भाका राखेर हामिलाई दियो तर बैकमा जादा खातामा पैशा शुन्य रहेको पाइयो त्यसपछि पनि उनको होटलमा जादा उनलाई होटलमा भेटेनौ होटल बेचेर बेपत्ता भयो त्यसपछि पनि धेरै सम्पर्क गर्न खोज्यो तर उनको फोन नलागेको पिडित राई बताउछन् । यसरी हामिलाई विजोग बनाएर फरार भानुभत्त खड्का क्षेत्री अर्काे नागरिकता निकालेर सम्पर्क विहिन भएको उनले बताए । उनले भिसा प्रोसेसका लागि भनेर सुरेश राई बाट ४० हजार,रामकुमार राई ४० हजार,ज्ञान बहादुर राई ४० हजार,मिलन राई ४० हजार,गोर्ख बहादुर राई ४० हजार गरी जम्मा २ लाख डिपोजिट रकम लिएका थिए । अहिले भने उनि फरार रहेका छन् ।

chek naga

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व