संगितको धुनमा भोक भोजन सबै बिर्सन्छन्ः विएन

  • प्रकाशित मितिः फाल्गुन 10, 2076
  • 491 पटक पढिएको
  • औजार संवाददाता

विहानको ३ वजेको समयमा सधै उठेर घरबाट निस्कन्छन विएन राई । विहान उठेपछि धरान वडा नं १७ को नयाँ बस्तिदेखी करीब १ घण्टाको बाटो जहिल्यै हिडेर उनि संगित साधनाको लागि भानुचौक आईपुग्छन् । उनि धरान ९ आचार्यलाईनमा रहेको पुरानो संगित विद्यालय सुरसाज संगित विद्यालयमा गुरु विनोद प्रियदर्सी राई संग कक्षा लिदै आइरहेका छन् । विहानको समयमा पनि उनको संगित साधनामै समय वित्दछ । उनको संगितप्रतिको लगाब देख्दा देख्ने मानिसहरु छक्क पर्ने गरेका छन् । यत्तिका सानो उमेरदेखिनै संगितलाई अत्यन्तै माया गर्ने उनको भोलिका दिनमा संगितमा भविष्य उज्वल देखिन्छ ।

उनको यो मेहेनत र लगाब देख्दा सायद कता कता अन्य मानिसहरुलाई समेत एकप्रकारको जोस र प्रेरणा मिल्न सकेको हुन सक्छ । उनि अहिले सानै छन तर उनले देखेका सपनाहरु र उनका कोशिस दोब्बर ठुलो रहेको छ । उनका सपना र लक्ष्य साकार गर्न दिनरात संगित साधनालाई प्राथमिकता दिईरहेका छन र साथमा उनले आफ्नो अध्ययनलाई समेत निरन्तर अगाडी बढाइरहेका छन् ।

संगितको लागि धेरै संघर्ष गरीरहेका उनि उदयमान बाल कलाकार समेत हुन । अहिले उनि मात्र १५ वर्षको भएका छन् । उनको आवाजमा एककिसिमको छुटै विशेषता पाउन सकिन्छ । यत्तिका सानो उमेरमा उनको स्वर एक सफल कलाकारको बराबर भन्दा फरक नपर्ला । उनि संगितमा जमेका एक बाल कलाकार हुन जसको संगितमै दिनचर्या वित्ने गरेको छ । अहिले जत्ति पनि नेपालमा बाल कलाकारहरु उदय भएका छन् । उनिहरु बराबर र कत्तिपय भन्दा अब्बल आवाज रहेको छ बाल कलाकार विएन राईको । गायन भनेपछि उनि जहाँ पनि पुग्ने गरेका छन् । सानोतिनो होस वा जुनसुकै कार्यक्रममा पनि उनको सहभागिता रहेको हुन्छ । सधै स्टेजको खोजिमा उनि भौतारिरहेका हुन्छन् । कत्तिपय ठाउँमा उनको कला पहिचान गर्न नसक्दा उनलाई अवसर पनि दिन हिच्किच्याउछन् तर जब उनको प्रतिभा उनिहरुले देख्छन आफै छक्क पर्ने गरेका छन् । यत्तिका सानो उमेरमा उनको स्वरमा बेग्लै मिठासपन र आकर्षण रहेको छ जसले जोकोहीलाई एकैछिनमै मोहित बनाईदिन्छ । उनि अझ यो भन्दा सानो हुँदा मिठो गाउने गरेको उनका छरछिमेक बताउछन् । अहिले पनि उनको आवाज त्यत्तिकै सुमधुर छ ।

थप उनको संगितप्रतिको लगाबले उनको आवाजलाई अझ शुन्दर बनाउन मद्धत पुर्याएको छ । संगितको धुनमा भोक भोजन सबै उनले बिर्सन्छन विहान घरबाट निस्केको उनि संगितमै उनको ध्यान हुन्छ । घरमा खाना खाएर निस्कने बानि उनको त्यत्ति छैन संगितमा उनले ति सबै बिर्सेका छन् । विहान स्कुलकै पोशाकमा उनि निस्कन्छन र सिधै संगित कक्षा लिन पुग्छन् त्यहाँबाट फेरी उनि सकुल पढ्नका लागि निस्किने गरेका छन् । स्कुलमा खालि समयमा केही खाजाहरु लिन्छन र स्कुलको पढाई सकेपछि फेरी पनि उनि संगित कक्षामै पुग्ने गरेको उनि बताउँछन् । उनि अबेर राति मात्रै घर पुग्छन् त्यही समयमा आफ्नो पढाईलाई केही समय दिन्छन् । विहान एक समय उठेपछि पनि पढाईलाईनै एक समय अध्ययन गरेर निस्किने गरेको उनले बताएका छन् । अहिले उनि धरान १२ मा रहेको पब्लिक माविमा कक्षा १० मा अध्ययन गरिरहेका छन् । उनले यसपटक एसईईको परिक्षा दिन लागेका हो । एसईईको तयारी गरिरहेकोले अहिले भने संगितलाई त्यत्ति समय दिन नपाईरहेको उनले बताए । उनले भने एसईइको परिक्षा पछि संगितलाई निरन्तरता दिने सोच रहेको र एसइइलगतै धरानमा सञ्चालन हुने प्रदेश १ स्तरीय एसईई गायन प्रतियोगितामा समेत सहगागी हुने सोच बनाएको छु । साँगुरीगढी गाउँपालिका वडा नं १० धनकुटा आहाले बेलाराङमा बाबा सुमन राई र आमा पुर्णसरी राईको कोखबाट २०६२ सालमा मन्मेका थिए बिएन राई । गाउँकै गैया लक्ष्मी माविमा कक्षा ५ सम्मको अधययन गरेपछि उनलाई अध्ययनकै क्रममा धरानमा ल्याईएको थियो । त्यही पढदा उनले करीब ६ वर्षको उमेरदेखी गाउन थालेका थिए । उनलाई साथिभाईबाट गायनमा हौसला मिलेको थियो । स्कुलकै एक कार्यक्रम विच गित गुनगुनाईरहेको साथिहरुले सुनेपछि उनलाई गित गाउन लगाएपछि पहिलोपल्ट आफुले गित गाएको उनि बताउँछन् । त्यहीबाट नै उनले गित गाउन सुरु गरेको बताउछन् र कक्षामा गित गाएपछि सबै साथि र शिक्षकहरुले मनपराईदिएपछि उनिहरुकै हौसलाले संगितलाइ धेरै जजिकबाट आफुले नियाल्न थालेको र यसमा धेरै नै रुची राख्न सुरुवात गरेको उनले बताए ।

उनि भन्छन् त्यसपछिको पढाई धरान ११ मा रहेको ज्ञानोदय माविमा सूरुवात गरे र सोही विद्यालयमा अध्ययन गर्दा सुनसरीभरीका स्कुलस्तरीय गायन प्रतियोगिता आयोजना भएको थियो जुन ज्ञानचक्चु् स्कुलमा आयोजना गरिएको थियो । त्यहा म स्कुलको प्रतिनिधित्व गरी सहभागि भएको थिए । त्यो प्रतियोगितामा म प्रथम भए त्यसपछि ज्ञानोदय मावीमै आयोजित ज्ञानोदय गायन प्रतियोगिताको समेत प्रथम भएको थिए । त्यसमा मैले स्कलरसिप समेत पाएको थिए । त्यसपछि झनै यस क्षेत्रमा सक्रिय रहदै आएको छु । त्यसपछि पछिल्लो समय सञ्चालनमा आएको नेपाल हिरो ट्यालेन्मा समेत सहभागि भई टप २० सम्म पुगेका थिए । धरानमा भएको अडिसनबाट छनौट भएर गएको थिए । गुरु विनोद प्रियदर्सी राईसंग संगित कक्ष्ााँ लिईरहेकोे करीब ४ वर्ष भईसकेको छ । अझै सिक्ने क्रममै छु धेरै कुरा सिक्नु छ मसंग समय र उमेर पनि प्रयाप्त छ त्यसैले संगितमा धेरै भन्दा धेरै मेहनत गरिरहेको छु कुनैदिन नेपालकै सफल कलाकार हुने मेरो लक्ष्य छ । मेरो लागी संगितनै सबथोक छ । एकमात्र मेरो लक्ष्य संगित हो । मलाई यसमा पारीवारबाट पनि पुरा सहयोग छ । परिवारको यो साथ सहयोगले गर्दा पनि म यसमा टिकेको छु र अझै केही गर्ने हौसला मिलेको छ । संगितलाई वरदानको रुपमा कतिपयले व्याख्या गर्ने गरेको छ तर त्यसमा म विश्वास गर्दीन हुन त कला वरदान पनि हुन्छ तर सफल कलाकार हुन मेहेनत संघर्ष पनि उतिकै आवश्यक छ ।

प्राय संगितमै मेरो दिनचर्या वितिरहेको छ । संगितले केही पनि दिदैन भन्ने समाजमा एकप्रकारको सोच रहदै आएको छ तर आफ्नो स्वार्थ नहेरीकन म संगितमै लागिरहेको छु समाजले जे भने पनि संगित मेरो लागी प्रिय नै रहनेछ । म प्रायजसो पुराना स्रष्टाहरुकै गितहरु सुन्ने गर्छु नारायन गोपाल, गुलाम अली उहाहरु मेरो आईडलको रुपमा हुनुहुन्छ । हार्मोनिय ,तबला,किबोर्ड,गितार सबै साधारण बजाउन सिकेको छु सिक्दै पनि रहेको छु । संगित बाहेक खेलमा पनि केही रुची राख्ने गरेको छु तर पहिलो प्राथमिकता संगितलाईनै दिने गरेको छु । संगित सिक्न जरुरी छ संगितले कलालाई थप सुधाारपन दिनेछ । कतिपयलाई संगित सम्बन्धि ज्ञान कमै हुन्छ उनलाई गाउन आउछ तर संगितका केही नियम उनले जानेका हुदैन त्यसैले पनि यो आवश्यक छ । गायन संगै गितका केही शब्दहरु प्नि कोर्ने गरेको छु । आफ्नै शब्द र संगितमा मान्छेको मन भन्ने गित बनाएको छु तर कतिको राम्रो छ त्यो मलाई थाँहा भएन तर यसलाई चाडै रेकर्ड गराउने जमर्को गरेको उनी बताउछन् । यो भन्दा अगाडी भत्तराज आचार्यका स्वरमा रहेको जँहा छन बुद्धका आँखा बोलको गितको कभर गित समेत गाएका थिए ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व