बुढासुब्बा गोल्डकपको तयारी पुरा

  • प्रकाशित मितिः फाल्गुन 8, 2076
  • 374 पटक पढिएको
  • केदार बस्नेत

धरान । २२ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ ।
फागुन १० गतेदेखी १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । धरान रंगशालामा आयोजित पत्रबार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले खेल मैदानको व्यवस्थापन, प्याराफिट निर्माण, टिम व्यवस्थापन, अनलाइन टिकेटिङ सुविधा, अतिथि आमन्त्रण लगायत सम्पूर्ण तयारी पूरा भएको बताए ।

गोल्डकपमा २ विदेशी सहित ८ टिमले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा विदेशी टिम दुर्गापुर वेष्ट बंगाल र युके एफसि भारत सहित नेपालका मनाङ मस्र्याङ्दी क्लब काठमाडौ, नेपाल पुलिस क्लब काठमाडौ, मच्छिन्द्र क्लब काठमाडौ, बेलबारी फुटबल क्लब मोरङ, मेचि नेत्रालय फुटबल ट्रेनिङ सेन्टर झापा र आयोजक धरान फुटबल क्लबको सहभागीता रहनेछ । प्रतियोगितालाई भव्य बनाउनकालागी उद्घाटनका दिन सांगितिक प्रस्तुती, प्याराग्लाइडिङ, हिमशिखर स्कुल तरहराको विशेष नृत्य, आतेसबाजी लगायत हुने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताउनु भयो । उहाले जापानिज टिम पनि सहभागी हुने फाइनल भए पनि कोरना भाइसको कारण जापानिज टोली सहभागी नहुने भए पनि प्रतियोगितको तालिका भने परिवर्तन नगरिएको जानकारी दिए ।
प्रतियोगितामा सुरक्षा प्रबन्ध मजबुद बनाइएको क्लबले जनाएको छ । जसकालागी बिराट गोर्खा सेक्युरिटी कम्पनी तथा आयोजक धरान फुटबल क्लबको विशेष सुरक्षा टोली परिचालन गरिएको छ भने मुख्य प्रवेशद्वार लगायत विभिन्न स्थानमा सिसिक्यामेराको व्यवस्था गरिएको छ । प्रतियोगितामा ६५ वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क प्रवेशको व्यवस्था समेत क्लबले मिलाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार, सर्वाधिक गोलकर्ताले नगद २५ हजार पुरस्कार जित्नेछन् । त्यस्तै उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पुरस्कार जित्नेछन् । २१ औ संस्करणको उपाधि क्यामरुन को दाउपफिन्स फुटवल क्लवले जितेको थियो भने आयोजक उपविजेत बनेको थियो ।


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्