छाेटाे समयमै स्थापित ‘ज्ञान कुञ्ज’

  • प्रकाशित मितिः फाल्गुन 8, 2076
  • 407 पटक पढिएको
  • औजार संवाददाता

ज्ञान कुञ्ज एकेडेमी धरान : २०६० सालमा स्थापना भएको ज्ञानकुञ्ज एकेडेमी पछिल्लो समय अभिभावकको रोजाइमा पर्न थालेको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षाका अलावा व्यवहारिक शिक्षा दिदै धरानमै उदाहरणीय विद्यालयका छवि बनाउँदै गरेको ज्ञानकुञ्ज एकेडेमी धरान–११ सयपत्री मार्गमा रहेको छ ।

छोटो समयमा स्थापित भएको विद्यालयबाट दुईवर्ष अघिदेखि एसईईमा सहभागी भएका विद्यार्थीहरु शतप्रतिशत ‘ए’ ग्रेडमा उत्तिर्ण भएका छन् । गुणस्तरीय शिक्षाको नारा ल्याएर स्थापना भएको ज्ञानकुञ्ज स्कुल थोरै विद्यार्थीबाट शुरु भएको थियो । प्ले गु्रपदेखि कक्षा–१० सम्म अध्ययन–अध्यापन हुने विद्यालयमा विद्यार्थीहरूले अहिलेसम्म राम्रै प्रगती गर्दै गइरहेका छन् । विशेष गरी अन्तर विद्यालय प्रतियोगितामा यस विद्यालयका विद्यार्थीहरु सधै अब्बल हुँदै आइरहेका छन् । स्कुल बस, कम्प्युटर कक्षा, विभिन्न अतिरिक्त क्रियाकलापमा प्रशिक्षण, टेबलटेनिस, ब्याडमिन्टन, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलकुद सामग्री, शुद्ध र सफा खानेपानीका लागि फिल्टर, शौचालय, दक्ष शिक्षक–शिक्षिका, नृत्य, सङ्गीत कक्षाका लागि दक्ष शिक्षकको व्यवस्था, प्ले गु्रपका लागि छुट्टै कक्षा साथै खेल सामग्रीको पर्याप्त व्यवस्था यस विद्यालयका आकर्Èण तथा विशेषता हुन् । यस्तै आर्थिक विपन्नलाई न्युन शुल्कमा अध्ययन अध्यापन, दलितलाई तोके बमोजिमको निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको छ । विद्यालयले विशेषतः बास्केटबल, वादविवाद, गायन, नृत्य, चित्रकला, हेण्डराइटिङमा छुट्टै प्रशिक्षकको व्यवस्था गरी विद्यार्थीलाई ज्ञान प्रदान गर्दै आएको छ । यस्तै, यति मात्र नभएर विद्यालयमा फुटबल, भलिबल, बास्केटबल जस्ता अतिरिक्त क्रियाकलाप हुँदै आएको छ ।

शिक्षण प्रविधि समयानुकुल गर्दै
समय अनुसार शिक्षण प्रविधि समेत स्कुलले परिमार्जन गर्दै लगिरहेको छ । त्यसका लागी शिक्षकहरुलाई विभिन्न तालिम दिने, आधुनिक प्रविधि अनुसार कक्षा सञ्चालन गर्ने काम भइरहेको छ । सिसि क्यामेराको निगरानीको व्यवस्था स्कुलमा छ । जसले विद्यार्थीलाई अनुशासनमा राख्न मद्दत गर्दछ । । विभिन्न ल्याबहरु सञ्चालन छन् ।

अतिरिक्त क्रियाकलापलाई विशेष जोड
विद्यार्थीको चौतर्फि विकासको लागी अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिएको छ । प्रिन्सिपल भन्छन् चौतर्फि विकासका लागी विभिन्न विद्याका प्रशिक्षकहरु राखेका छौं । स्कुलमा फुटबल, क्रिकेट, बास्केटबल, तेक्वान्दो, कराते, नाटक, नृत्य, हस्त लेखन, चित्रकला जस्ता क्षेत्रमा प्रशिक्षक छन् । त्यसका अलावा बेला बेलामा खेलकुद, विभिन्न स्थानको स्थलगत अध्ययनकालागी भ्रमणको समेत प्रबन्ध विद्यालले गर्दै आएको छ । विद्यालयमा विभिन्न समयमा हुने वादविवाद प्रतियोगिता, हाजिरी जवाफ, एथ्लेटिक्स जस्ता क्रियाकलापहरु स्कुलमा नै हुन्छ ।

विद्यार्थीको चौतर्फि विकास आवश्यक
धरान–११ मा अग्रणी र अब्बल संस्थामा आफू पनि रहेको सावित गर्दै आएको छ ज्ञानकुञ्ज एकेडेमीले । एकेडेमीले आफ्ना विद्यार्थीलाई चौतर्फी विकासमा लगाउँदै आइरहेको छ ।
स्कुलले व्यावहारिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक गतिविधिलाई अघि बढाएको छ । सानै उमेरबाट नेतृत्व विकास क्षमतालाई प्रष्फुटन गर्ने उद्देश्यले स्कुलले अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिएको प्रिन्सिपल अरुण राई बताउँछन् । अहिले स्कुललाई नयाँ, कुशल नेतृत्व, जुझारू युवा टिमले भरिएको ज्ञानकुञ्ज स्कुलको शैक्षिक गुणस्तरमा कहीँकतै पनि आफूलाई चुक्न दिएको छैन । एसईई परीक्षामा सहभागी छात्रछात्राले पनि अब्बलता सावित गरिसकेका छन् । ए प्लस सहित सहित शत प्रतिशत ए ग्रेडमा नतिजा निकाल्दै आएको ज्ञानकुञ्जले उत्कृष्ट नतिजा, व्यावहारिक शिक्षा, सँस्कार र नैतिक शिक्षालाई उच्च प्राथमिकता दिने गरेको प्रिन्सिपल राई बताउँछन् ।
गुणस्तरीय शिक्षाकालागि विशेष योजना तय गर्दै हरेक कक्षामा सीमित विद्यार्थी राखेर उत्कृष्ट नतिजालाई निरन्तरता दिने दीर्घकालीन शैक्षिक कार्ययोजना तय गरेको विद्यालयले जनाएको छ । विद्यार्थीलाई किताबको कोरा ज्ञानभन्दा पनि नैतिक, व्यावहारिक र प्रयोगात्मक शिक्षासँग जोडेर जीवनउपयोगी ज्ञान दिइरहेको उनी बताउँछन् । हाल विद्यालयमा ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।

नियमित परीक्षा र मूल्याङ्कन
विद्यालयमा नियमित रुपमा परीक्षा, मूल्याङ्कन र कक्षा सञ्चालनको लागि प्रिन्सिपलले शिक्षक र विद्यार्थीलाई समय समयमा सतर्क गराइरहेका हुन्छन् । स्कुल नैतिक र कर्तव्यनिष्ठ नागरिक तयार गर्ने उद्देश्यबाट सञ्चालित भएको प्रिन्सिपल राई बताउँछन् । ‘अनुशासन भएन भने विद्यार्थीहरुले प्रगति गर्न सक्दैनन्, हामीले विद्यार्थीको अनुशासनलाई विशेष जोड दिँदै आएका छौं’, उनी भन्छन्, ‘पहिलो हाम्रो पहिचान भनेको गुणस्तरीयता हो, साथै अनुशासनलाई हामीले दोस्रो पहिचानको रुपमा लिएका छौं । विद्यार्थीहरुको अनुशासनलाई निगरानी गर्ने उद्देश्यले हामीले प्रत्येक कक्षामा सिसी क्यामेराको व्यवस्था गरेका छौं ।’ अनुशासनकै कारण उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा कायम भएको उनी बताउँछन् ।

अभिभावक र विद्यार्थीलाई सचेतना
अभिभावक, विद्यार्थीलाई नियमित रुपमा विद्यार्थीको शैक्षिक प्रगतिबारे सचेत गराइन्छ । विद्यार्थीको शैक्षिक प्रगति अभिभावकलाई सुनाउने र कमि कमजोरीलाई कसरी सुधार्न सकिन्छ भनेर छलफल समेत विद्यालयमा हुन्छ । विद्यालयमा सेमिनार, सचेतना, खाद्यान्न सचेतना तथा स्वास्थ्य परीक्षणजस्ता कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको र दिँदै जाने उनी बताउँछन् ।

विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्ने भएकाले विद्यालय–अभिभावकको निरन्तर सम्पर्क र सम्बन्धमा जोड दिने गरेको उनी बताउँछन् । प्रिन्सिपल राईले भने, ‘विविध उतार–चढावका साथ शैक्षिक जनशक्ति निर्माण गर्दै हामीले जुन उँचाइ प्राप्त गरेका छौं, त्यसको श्रेय आदरणीय अभिभावक, शिक्षक, विद्यार्थी एवम् समाजका सबै पेशामा आबद्ध सचेत समुदायलाई जान्छ ।’

कुशल व्यवस्थापन, न्युन शुल्क
विद्यालयले पढाइसँगसँगै अतिरिक्त क्रियाकलाप, बाहिरी ज्ञान, अनुशासन, रितिरिवाज तथा संस्कृति प्रति विद्यार्थीलाई ज्ञान दिदै आएको छ ।
विद्यालयमा कुशल व्यवस्थापन भएसँगै न्युनतम शुल्कमा विद्यार्थीलाई भर्ना लिइदै आएको छ । न्युन शुल्कमा गुणस्तरीय शिक्षा भएकै कारण पाँचकन्या तथा पटनालीदेखि पनि विद्यार्थीहरु अध्ययनकालागी आएका छन् ।

‘हामी विद्यार्थीको भविष्यप्रति सधैं सचेत छौँ’ विद्यालयका डाइरेक्टर विष्णुकमल राई भन्छन्, ‘हाम्रो लक्ष्य नै नानीहरूको भविष्य निर्माण गर्ने भएकाले जसरी हुन्छ नयाँ सोच र प्रविधिको प्रयोग गरेर भए पनि उनीहरूलाई सक्षम र दक्ष बनाउने हाम्रो लक्ष्य हो ।’ घोकन्ते, रटेन्ते शिक्षा नभएर गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै विद्यालय अघि बढेको डाइरेक्टर राईले जानकारी दिए ।


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्