‘४० वर्षपछि बल्ल शहिद परिवारलाई राहत’

  • प्रकाशित मितिः फाल्गुन 8, 2076
  • 170 पटक पढिएको
  • सन्तोष रुचाल

धनकुटा । चर्चित खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका सहिद परिवारले ४० वर्षपछि राज्यको तर्फबाट राहत पाएका छन् ।
प्रदेश नम्बर १ सरकारले सहिदभुमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवार प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो । छिन्ताङको सहिद पार्कमा प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताए ।

तत्कालिन पञ्चायती सरकारले सो क्षेत्रका १६ जना सर्वसाधारण नागरिकहरुलाई राजनीतिक आस्थाको आधारमा गोली हानेर निर्मम हत्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा खाल्सा क्षेत्रका तीन दिनको सुत्केरी सहित १६ जना सर्वसाधारण नागरिकहरु मध्ये कोहीलाई भीरबाट लडाएर, कोहीलाई गोली हानेर र केहीलाई नदीमा बगाएर हत्या गरिएको थियो । त्यस घटनाका बेला मुलुकको प्रधानमन्त्री धनकुटाका मुगाका सूर्यबहादुर थापा थिए । सरकारको ठाडो आदेशमा उनीहरुको हत्या गरिएको थियो । २०३६ साल कार्तिक २७,२८ र २९ गते भएको थियो ।प्रजातान्त्रिक आन्दोलनको क्रममा २०३६ साल कार्तिक २६ गते सहिदभुमि गाउँपालिका–१ का पुत्रमान थुलुङ राई, कार्तिक २७ गते सहिदभुमि गाउँपालिका–३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो । त्यस्तै सोही गाउँपालिका–१ का भैरबबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि कार्तिक २७ गते नै हत्या गरिएको थियो । पञ्चायती सरकारले सहिदभुमि गाउँपालिका–६ का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने कार्तिक २८ गते र सहिदभुमि गाउँपालिका–३ की श्रीमाया राई (हाङखिमा साईली) को कार्तिक २९ गते हत्या गरेको थियो । यता सहिदभुमि गाउँपालिका–६ का झगेन्द्र राईको भने माघ १८ गते हत्या भएको थियो ।

छिन्ताङ हत्याकाण्डका सहिदहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पौष २८ गते राष्ट्रिय सहिद घोषणा गरेको थियो । गत कात्तिक २९ गते छिन्ताङ सहिद पार्कमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले केही दिनमै सहिद परिवारलाई पाँच लाखका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए । सोही घोषित कार्यक्रम अनुसार प्रदेश सरकारले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।राज्यको तर्फबाट ढिलो भएपनि ४० वर्ष पछि सहिद परिवारलाई केही राहत वितरण गरेकोमा सहिद परिवार खुशी रहेको सहिद परिवार संरक्षण समितिका अध्यक्ष एवम् सहिद पुत्रमान थुलुङ राईका छोरा बलराम राईले बताए । उनले भने,‘यो राहत पर्याप्त त छैन । तर पनि राज्यले सम्झेकोमा हामी खुशी छौं ।’ उनले थपे,‘यति राहत दिएर मात्र सहिदको सम्मान हुन सक्दैन, कम्तीमा सहिदका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था राज्यले गर्नु प¥यो,सहिद परिवार एकिकृत वस्ती नर्माण गर्नु पर्दछ । एक सहिद परिवार एक रोजगारको व्यवस्था गर्नु पर्दछ । अनि मात्र सहिद परिवारको दुखेको घाउमा मलपट्टी लाग्न सक्दछ ।


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्