‘संगीतमा भविष्य खोज्दै धराने युवा’

  • प्रकाशित मितिः फाल्गुन 5, 2076
  • 605 पटक पढिएको
  • औजार संवाददाता

धरानमा रहेर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका नव कलाकारहरु धेरै छन् । तर कतिपयले स्टेज पाईरहेका हुँदैनन् कतिपयले स्टेज पाउँदा पाउदै पनि काम, पेशा र पारिवारीक समस्याहरुले उनीहरुलाई रोकिरहेको हुन्छ । तर कलालाई भने निरन्तरता दिने कोशिशमै हुन्छन् । धरान वास्तवमा संगीतको उर्वराभूमी हो । संगीत पारखीहरु यहाँ प्रशस्तै छन् । संगीत र खेलको शहर भनेर पनि धरानलाई चिनिन्छ । धरानले धेरै राम्रा कलाकारहरु उत्पादन गरिसकेको छ । धरानका कलाकारहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त छन् । जस्तै उदाहरणको रुपमा दिप श्रेष्ठ, सविन राई, लगायतलाई लिन सकिन्छ । यस्तै अहिले पछिल्लो समय चर्चामा आएका धेरै कलाकारहरु रहेका छन् । यस्तै धरानमा नयाँ कलाकारहरुको उदय पनि त्यत्तिकै आश लाग्दो छ । एक त धरान संगीतमय वातावरणमै घुलमिल भएकोले पनि कलाकारहरु धेरै उत्पादन भईरहेको छ । पछिल्लो समय संगीतको माध्ययम पनि फरक फरक हुदै आएको र नयाँ शैलि र वेग्लै क्षमताका कलाहरु स्थापित भईरहेको छ यसै सन्दर्भमा अबका आगन्तुक कलाकारहरुको अवस्था के छ, संगीतलाई के कसरी बुझेका छन् र उनीहरुको सांगितिक यात्रा कस्तो चलिरहेको छ भन्ने विषयमा औजारले गरेको छोटो कुराकानी ।

milan-bantawa-rai

                  संगीत संवेदनशिल र अध्ययनशिल कुरा हो

मिलन बान्तावा राई : संंगीत अमर रहने सृजना हो । हामी मरेर गएपनि रहीरहन्छ जस्तै राति ध्रुवतारा अगाडी नै निस्कन्छ हो त्यस्तै हो संगीत सदैव अटल रहन्छन् । फलाममा लेखिएका अक्षर बरु खिएर जान्छ तर संगीत र रचना कहिल्यै मेटिदैन त्यसैले संगीत अमर हो । मानिसको सृजना कहिल्यै पनि मेटिदैन संगीत एउटा सृजना यसले देशलाईनै सबैको सझा फुलबारी हराभरा बनाउने काम गरिरहेको हुन्छ । म यो क्षेत्रमा धेरै सानो उमेर हुँदादेखी नै लागेको हु तर ठ्याक्कै यतिको वर्षदेखी भन्ने मलाई याद छैन तथापी यो क्षेत्रमा लागेको धेरै वर्ष भयो हाल पनि यहीँ क्षेत्रमा निरन्तरता दिईरहेको छु एक समय स्कु्लमा पढाउछु पेशासंगै संगीतलाई तिब्र बढाईरहेको छु । मान्छेले संगीतलाई विभिन्न हिसाबले व्याख्या गर्ने गर्छेन् कसैले तमासाको रुपमा यसलाई हेर्ने गर्छन् तर संगीत त्यस्तो कुरा होईन संगीत वास्तवमा मान्छेले बुझेको छैन । यसमा पनि धेरै मान्छेले राम्रो गरिरहेको छ धेरै सफल उदाहरण व्यत्तिहरु छन् । 

तर भने यसलाई पेशाको रुपमा लिन हुन्न निरन्तरता भने दिनुपर्छ जस्तो मलाई लाग्छ । संगीत एकप्रकारले अनुभव भोगाई हो यसै अनुसार सृजना हुन्छ । भाव विनाको सायद संगीत नै हुदैन र भोगाईमा पनि सृजनाहरु बन्दछ । नव आगन्तुक पुस्तालाई अहिले वातावरण त राम्रै छ तर यसमा पनि खराब र नकरात्मक विकृतिहरु आईरहेको छ । अनावश्यक र समाजमा अलि अपच हुने खालका गीतहरु अहिले बढी आईरहेको छ तर त्यसले संगीतप्रति समाजको दृष्टीकोण खराब भइरहेको छ । अर्को कुरा संगीत ईकोनोमिक रुपले पनि विकाश भईरहेको छ । त्यो पनि एक हिसाबले नकरात्मक र सकरात्मक रहेको छ । त्यो पनि एक हिसाबले राम्रै कुरा हो तर संगीतमा केही आँच भने आउन दिनु भएन । म आफु पनि संगीतमा संघर्ष गरिरहेकै व्यत्ति हो तर पनि मैले यसबारे धेरै बुझ्नु छ । अहिले पनि संघर्षमै छु स्टेज त्यत्ति नपाएपनि पछि भने परेको छैन । संगीत संवेदनशिल र अध्ययनशिल कुरा हो त्यसैले मेरो समयमा अध्ययनमा खर्चिरहेको छु । मैले भन्नुपर्ने अर्को कुरा के हो भने अबका पुस्ताले समाजमा राम्रो शन्देश दिने दार्शनिक गीतहरु ल्याउनुपर्छ सृजना र धरोहर विर्सन हुन्न केही योगदान हुनुपर्छ । संगीतमा साधना आवश्यक छ र साधना गरेर कहिल्यै सकिन्दैन त्यसैले साधनालाई निरन्तरता दिन म अनुरोध गर्छु ।

narayan-rai

                                                                          संगीत स्वच्छ मन्दिर हो

नारायण राई : सांगीतिक क्षेत्रमा धेरै चुनौतिहरु छन् र मेरो जीवनमा पनि यस्ता धेरै चुनौति गाह्रो अप्ठयारा परिस्थितिहरु आए तर मैले निरन्तरता दिईरहे । भोजपुरको विकट ठाँउमा जन्मेर पनि म संगीतको आसपास नै सधैं रहे । संगीतलाईनाई सबथोक मानि मेरो लक्ष्य र उद्देश्य यसलाई नै बनाए । गाउँमा यसको लागि खासै वातावरण नहुने गाँउका कुनै चाड तथा कार्यक्रम र गोठालोमा गीत गाउन सिके करीब ५ वर्षको उमेरदेखी गीत गाउन थालेको हु गाउकै म पढ्ने एक स्कुलमा पहिलोपटक मैले गीत गाएको थिए । सायद त्यतिबेला म कक्षा ९ मा पढ्थे । त्यसपछि सबै साथिहरुको हौसलाले झनै म यो प्रति उत्प्रेरित भएको थिए । त्यसपछि म गाउँका र सबै कार्यक्रममा गाउन थाले मेरो गायन यात्राले तिब्रता लियो र धेरैपटकको संघर्षपछि पुर्वाञ्चल सिङङ्गिङ स्टार सिजन ६ को दोस्रो टाईटल समेत जित्न सफल रहे र अहिले मेरो गीतको रेकर्डीङको तयारीमा रहेको छ । मेरो अर्को गीत होमताङ पौवादुङमा बोलको गीत भने आईसकेको छ । जुन गीत गायिका लिला राईसंग गाएको छु ।

सांगितिक संघर्षकै क्रममा धेरै दुःखहरु पाए कहिले धेरै ठाउँहरुमा रातभर नै एक्लै हिडे र कहिले भोकभोकै बसे ति कुराहरु ताजै छन् । धेरै कठिनाईहरु छ एउटा सफल कलाकार बन्न तर पनि म यसलाई लक्ष्य बनाई निरन्तर बढीरहेको छु । पुर्वाञ्चलको टाईटल मात्रै नभएर म अब नेपालकै उत्कृष्ट रियालिटी शोहरुमा जानको लागी तयारी गरिरहेको छु । तर मलाई अहिले राम्रो संगीत गुरुको अभाव रहेको छ पुर्वमा भनेजस्तो राम्रो संगीत कक्ष्ााँहरु छैन यसकै कमि भएको छ मलाई एउटा राम्रो संगीत गुरुको खाजिमा छु । अहिले संगीतको माध्यम विग्रदै गएको मैले महसुस गरेको छु । संगीत एउटा स्वच्छ मन्दिर जस्तै भएकोले यसलाई सधै सफा राख्न म अनुरोध समेत गर्छु यसलाई फोहोर बनाउन कदापी हुन्न र आफु पनि संगीतप्रतिको कुदृष्टीलाई समाजमा प्रष्ट बनाउन चाहान्छु र राम्रो कलाकारको रुपमा स्थापित हुने मेरो लक्ष्य हो । 

sudesh-rai

                                                                      आनन्द दिने माध्यम हो

सुदेश राई : संगीतमै दिनचर्या वितिरहेको छ सानोतिनो कार्यक्रमहरुमा म सक्रिय छु । समग्रमा भन्ने हो भने पहिले सानोदेखि नै गायनमा सोख लिने गर्दथे । करीब ७ वर्षको उमेरदेखीनै गाउँन सिके त्यसबेला गाउँको बसाई थियो बोजुसंग सधै गाउँमा गोठाला जान्थे गोठालो जाने आउने क्रममै मैले गीत गाउन सिके त्यसपछि पढाईकै शिलशिलामा धरान झरेको हु हाल धरान १५ मा बसोबास गरिरहेको छु । यही बसेर संगीतलाई निरन्तरता दिईरहेको छु । अहिले मेरो लागि संगीतनै सबथोक छ संगीतको कक्षा पनि लिईरहेको छु । पुर्वका जुनसुकै ठाउमा पनि गाउनको लागि म प्राय पुगिरहेको हुन्छ ।

अवसर पायजति कुनैलाई पनि म बाकी राख्दिन कहिले अग्रज स्रष्टाहरुले बोलाउनुहुन्छ त्यो मलाई धेरै ठुलो अवसर पनि हो धेरै अग्रज स्रष्टाहरुसंग स्टेजमा संगै गाउने अवसर पनि पाए । त्यसले मेरो गायन क्षमतालाई धेरै दरिलो बनाएको छ । मलाई संगीत भनेको के लाग्छ भने संगीत मनको भाव हो र यसलाई प्रस्तुत गरी मिल्ने आनन्द नै संगीत हो जस्तो मलाई लाग्छ । धेरै त बुझेको छैन संगीतलाइ तर अहिले आईपुग्दा सम्मको मेरो अनुभवले त्यही बताउछ संगीत मेरो लागी आनन्द दिने माध्ययम भन्दा फरक नपर्ला । धेरै जजमेन्टहरुले तिम्रो भोकलमा एकप्रकारको दम र खुबी छ भनेर बताउनुहुन्छ मलाई त्यसमा थप हौसलाको अनुभुति गरेको छु र निरन्तर आफ्नो आवाजलाई परिस्कृत गर्ने तर्खरमा छु धेरै नै मेहेनत गरिरहेको छु । लाग्छ यदी मेरो मेहेनत यसरी नै निरन्तर हुने हो भने पक्कै एउटा सफल कलाकार बन्ने देख्छु यसमा मेरो मात्रै नभई मेहेनत गरे सबैको भविष्य देख्छु । तर त्यो अनुसारको मेहनत र लगनशिल भने एकदम आवश्यक छ ।

म कक्षा १० मा पढ्दा धरानमै भएको स्कुल स्तरको युनिभर्सल आईकन प्रतियोगीतामा पहिलोपल्ट सहभागि भएको थिए र त्यसमा टप १० मा समेत पर्न सफल भएको थिए । त्यसपछि निरन्तर २०७३ सालमै डल्फिन स्टारमा फस्ट रनरअप हुन सफल भए र २०७५ सालमा पुन पुर्वाञ्चल सिङङ्गिङ स्टार सिजन ६ को टप १० मा पर्न सफल भई बेस्ट भोकल एवार्ड समेत जित्न सफल भएको थिए । अब भने अझै मेरो कलालाई अझै निखारपन दिई नेशनल रियालिटी शाहरुमा समेत जाने तयारी गरीरहेको छु । 

pasang-tamang

                                                           भविष्य उज्वल देख्छु

पासाङ योनजन तामाङ :  संगीत शब्द नै मलाई अमुल्य लाग्छ संगीतको भविष्य असिमित र उज्वल छ त्यसैले म पनि संगीतमा मेरो भविष्य उज्वल देख्छु । त्यसैले यसलाई निरन्तरता दिई दिनरात अभ्यास र साधना गरिरहेको छु ।

हुन त नेपालि समाजमा संगीतलाई त्यत्ति महत्वपूर्ण ठान्दैन म्युजिक किन र संगीत कस्तोलाई भन्ने म्युजिक ईन्ड्रष्टीनै बेखबर रहेको समेत सुनेका छु । यसमा म आफ्नो भविष्य राम्रो देख्छु चाहे समाजले जेसुकै भनोस तर मेरो लागि संगीत नै प्यारो रहनेछ । समाजको दृष्टीकोण कसरी संगीतमा पार्ने भन्ने मेरो लागि ठुलो चुनौति र अभ्यास हो । मेरो लागि हुदै नहुने मेरो शरिरकै एक अंग भएको छ संगीत । म आफै पनि संगीतमा संघर्ष गरिरहेकै नयाँ कलाकार भएकोले पहिले भन्दा हालको पुस्तालाई संगीतको लागी राम्रो वातावरण देख्छु । नेपालकै कुरा गर्दा छोटो समयमा धेरै ठुला रियालिटी शोहरु नेपालमा भित्रिएको छ त्यो हाम्रो लागि अवसरको कुरा पनि हो । यसले धेरै नया कलाकारहरु उत्पादन गर्नमा सहयोग गरेको छ । जस्तै भोईस अफ नेपाल,नेपाल आईडल,नेपाल स्टार मलाई लाग्छ यस्ता रियालिटी शोहरु नेपालमा भित्रिन जरुरी छ जसले देशका कुना कन्दरामा लुकेका कलालाई उजाँगर गरिदिनेछ ।

म पनि विभिन्न प्रतियोगीताहरुमा सहभागीता जनाउदै आएको छु धेरै अनुभव र धेरै ज्ञानलाई बटुलिरहेको छु यसले मेरो सांगितिक यात्रालाई ठुलो टेवा पुर्याएको मैले महशुस गरेको छु । मेरो विचारमा र मैले बुझेअनुसार शैद्धान्तिक हिसाबले भन्ने हो भने संगीत गायन वादन र नृत्यको एकरुपता हो ।

जुन कुराको माध्ययमद्धारा मानिसले ह्रदयको भावहरु व्यत्त गर्दछ त्यसैले मेरो लागी पनि संगीत एक हिस्सा हो । एउटा सफल कलाकार हुनको लागि धेरै समयहरु खर्चिनुपर्छ र उत्तिनै धेरै संघर्ष र मेहेनत पनि चाहिन्छ । तर अहिलेको परिवेशमा समय दिन धेरै गाह्रो छ र त्यो मलाई पनि छ । यो उमेरमा पारिवारीक कुराहरुको बोझ् त्यत्ति नभएपनि अबको भविष्यमा परिवारको लागि के गर्ने र कसरी कमाउने भन्ने विषयमा बढी ध्यानाकर्षण हुन्छ  । आर्थिक रुपमा पनि धेरै चुनौतिहरु रहेकोले मेरो उदेश्यलाई कतै पुरा गर्न सक्दिन की भन्ने कता कता डर हुन्छ तर म मेरो लक्ष्य उदेश्यबाट पछि भने परेको छैन जसरी हुन्छ लक्ष्यलाई जित्ने मेरो प्रयास हुन्छ । 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व