धरानमा ७ दिने वृहत निःशुल्क स्वास्थ्य शिविर

  • प्रकाशित मितिः फाल्गुन 2, 2076
  • 308 पटक पढिएको
  • औजार संवाददाता

आचार्यलाईन वडा नं ९ मा सञ्चालन रहेको पुर्नजीवन होमियोप्याथिक क्लिनिक प्रालीले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा यही १ गतेदेखि ७ गतेसम्मको लागि ७ दिने निशुल्क स्वस्थ्य शिविर आयोजना गरेको छ ।
यो स्वास्थ्य शिविर किन र के को लागि र एक्यूपंचर पद्धति के हो भन्ने विषयमा यसका सञ्चालक तथा एक्यूपञ्ंचरिस्ट भवानी भट्टराईसँंग गरिएको औजार संवाददात दिपेश राईले गरेको कुराकानी ः–

शिविरको प्रमुख उदेश्य के हो ?
निमुखा,गरिब,वृद्ध,पिडित समुदायहरुको लागि विशेष यो स्वास्थ्य शिविर आयोजना गरिएको हो । हाम्रो पहिलो प्राथमिकता उनीहरुलाई नै हुनेछ र बाँकी अरुलाई हेरिनेछ । वर्षोदेख औषधी खाएर पनि निको नभएका विरामीहरुलाई विशेष उपचार गर्ने हो । निको नभएका विरामीहरु हाम्रो उपचारको पद्धतिबाट उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने प्रयास गनेै छौ ।

शिविरमा कस्ता –कस्ता विरामीको निःशुल्क उपचार हुन्छ ?
शिविरमा विरामी चेकजाँच, एक्यूपंचर सेवा, कपिन, थेरापी ईत्यादीको सेवा निःशुल्क प्रदान गरिनेछ । चेकजाँच हामी निःशुल्क प्रदान गर्नेर्छो भने आवश्यक औषधीहरुमा भने शुल्क लाग्नेछ ।

शिविरमा कत्ति उमेर समुहका विरामीहरु आउन पाउछन् त ?
जत्तिसुकै उमेर समुहका पनि विरामिहरु आउन सक्छन् । हामीले उमेरको कुनै अवधि राखेका छैनौ । विशेषगरी चाहि हामीले अशक्त वृद्धहरुलाइए नै प्राथमिकता दिने भनेका छौ । यो अगाडी समेत हामीले ७० वर्ष भन्दा माथिकाहरुका लागि निःशुल्क चेकजाँच गराईदिदै आएका छौ ।

शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा चेकजाँच गरिन्छ ?
शिविरमा जम्मा ५ जना प्राविधिकहरुबाट चेकजाँच गरिनेछ । प्हिलो दिन भक्तपुर होमियोप्याठिक मेडिकल कलेजका सह–प्राध्यापक डा. रोज प्रजापतिद्धारा निःशुल्क चेकजाँच गरिएको थियो । त्यस्तै अन्य दिनहरुमा दैनिक डा.योगेन्द्र राई लगायतको हाम्रो टिमबाट उपचार चेकजाँच सेवा प्रदान गर्नेछौ ।

शिविरमा कतिजना विरामीको चेकजाँच गर्ने लक्ष्य रहेको छ ?
शिविरमा करीब ५ सय जना विरामी हेर्ने हामीले अनुमान गरेका छौ । त्यसमा पनि प्रत्येक दिनमा चाँही ५० जना विरामी मात्र हेर्नेछौ । ७ दिन नै एक्युपन्चर सेवा,थेरापी,चेकजाँच निःशुल्क रहनेछ ।

जटिल समस्याहरु देखा परेमा के गर्नुहुन्छ ?
जटिल समस्याहरु देखिए अन्य अस्पतालमा रेफर गरिदिनेछौ । हामीले सकिने उपचार उनीहरुलाई गर्नेछोै । हाम्रो मातहतमा नरहेको विरामीहरुलाई हामी अन्यत्र नै पठाउनेछौ । आपतकालिन अप्रेसन गर्नुपर्ने विरामीहरु हामीले लिदैनौ ।

क्लिनिकको विशेषता के छ ?
होमियोप्याथिक र एक्युुपञ्चर जोडेर एकैचोटी उपचार गर्दा राम्रो प्रभाव पार्नेछ र उपचार प्रभावकारी बन्नेछ । फरक–फरक पद्धतिहरुमा चल्ने एक्युुपञ्चर उपचार सेवा वास्तवमा उपचारको राम्रो पद्धति हो । यो विरामीहरुको लागि एकदमै प्रभावकारी बन्नेछ । होमियोप्याथिक औषधि एक्यपञ्चर विन्दुहरुमा लाउने विधिको विकाश गर्ने यस क्लिनिकको विषेषता हो । यो पद्धती अन्य क्लिनिकहरुमा छैन ।पहिला ेपटक यस क्लिनिकले सञ्चालनमा ल्याएको हो ।

शिविरको उदेश्य त भन्नुभयो तर पुनर्जिबन होमियोप्याथिक क्लिनिक प्रालीको चाहीँे के हो ?
. सस्तो तथा सुलभ तरिकाले स्तरिय स्वास्थ्य सेवा दिनु नै यस क्लिनिकको मुख्य उद्धेश्य रहेको छ । गरिब असहाय तथा जेष्ठ नागरिकहरुलाई विशेष छुटको ब्यबस्था गरेका छौ । साथै साइड इफेक्ट रहित एक्यूपञ्ंचर तथा होमियोप्याथिक उपचार पद्धतिको बारेमा व्यापक जनचेतना जगाउनु हो ।

क्लिनिक सञ्चालनमा आएको १ वर्ष वितेछ,यो अवधिभरी के कस्ता उपलब्धीहरु आए र बिरामीहरु कत्तिको सन्तुष्ट छन ?
पुराना –पुराना, कहिँ कतै निको नभएका बिरामीहरु पनि यहाँको उपचार पाएर सन्तुष्ट छन् । एक वर्षको अवधिमा क्लिनिकमा चाप हेर्ने हो भने लोभ लाग्दो नै छ । धेरैले यो पद्धतीलाई मन पराईदिनुभएको छ । यो उपचारबाट धेरै विरामी सुधार भएर गएका छन् । यो अवधिमा राम्रो नतिजा पाएका छौ । त्यसैले पुर्ण हामिले हाम्रो निःशुल्क सेवा र यो सेवाको उपलब्धी र फाईदाबारे विरामीहरुलाई सन्देश पु¥याउन पनि यो सञ्चालनमा ल्याएका हौ ।
पुन हामीले यो उपचार बारे विरामीहरुमा प्रभावकारी बनाउन सफल बन्नेछौ भन्ने लागेको छ ।

एक्युपञ्चर उपचार पद्धति भन्नाले कस्तो उपचार बिधि हो ?
बरामी चेक जाँच, प्याथोलोजी सेवा,होमियोप्याथिक औषधी, एक्यूञ्पंचर उपचार,कपिन्ङ,बि सि एम थेरापी इत्यादी । त्यसैगरी अहिले हँुदै गरेको स्वास्थ्य शिविरमा समेत यिनै कुराहरु सम्बन्धी निःशुल्क सेवा प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ । एक्युपञ्चर उपचार पद्धति भन्नाले हाम्रो शरीरमा भएका विभिन्न बिन्दुमा विभिन्न धातुको निर्मलीकृत सियोद्वारा घोचेर गरिने विशेष उपचार बिधि हो । यो विधिबाट उपचार गराउँदा शरिरमा कुनै नकारात्मक असर गर्दैन ।
दुखाईबाट राहत दिलाउन वा चिकित्सा प्रयोजनका लागि यो पद्धती अपनाईन्छ । साथै एक्युपञ्चर भनेको हाम्रो शरीरका भित्री अङ्गहरुको ब्यायाम भएको हँुदा निरोगी ब्यक्तिले पनि कहिले कहि यो विधि अपनाउन सकिन्छ ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए