डिपो स्कुल झापमा वन्यो च्याम्पियन

  • प्रकाशित मितिः फाल्गुन 2, 2076
  • 80 पटक पढिएको
  • विकास चाम्लिङ राई

धरान । झापा विर्तामोडमा सम्ंपन्न टावर टेम्पल विद्यालय स्तरिय बास्केटवल च्याम्पियन सिपको उपाधि धरान–१८ स्थित डिपो स्कुलले चुमेको छ ।
कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभगिता जनाउन पाइने प्रतियोगिताको वुधवार भएको फाइनल खेलमा डिपोले आयोजक टावर टेम्पल स्कुललाई २४ – २० अंकको अन्तरले पराजित गर्दै उपाधि माथि आप्mनो कव्जा जमाएको हो । खेलको प्रत्येक क्वाटरमा डिपो र टावर टेम्पल स्कुलले ८ – ६, ४ –६,२ –२ र १० –६ अंक जोडेका थिए । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा डिपो स्कुललाई जित दिलाउनका लागि प्रतियोगिताका उत्कृष्ट खेलाडि उपाधि विजेता योगेश राईले एक र्थी पोइन्ट सहित व्यतिmगत १६ अंक जोडेका थिए । प्रतियोगिताका हाइ स्कोरर टावर टेम्पलका खेलाडीले व्यतिmगत ११ अंक जोडे पनि खेलमा हार टार्न भने सकेन । विजेता तथा उपविजेता खेलाडीहरुलाई ट्रफि,मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार सिवाकोटि,विद्यालयका संस्थापक अध्यक्ष नरेशमान धिमाल, प्रदेश १ राष्ट्रिय वास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, झापा बास्केटवल संघका अध्यक्ष प्रकाश लिम्वु, नेपाल वास्केटवल टिम क्याप्टेन सदिस प्रधान,नेपाल बास्केटवल लिग अध्यक्ष नमित थापा लगायतले पुरस्कार वितरण गरेका थिए । टावर टेम्पल स्कुलले आफ्नो २३ आंै स्थापना दिवसको अवसरमा प्रतियोगिताको अयोजना गरिएको थियो । माघ २२ देखि २९ सम्म संम्पन्न प्रतियोगितामा आयोजक टावर टेम्पल, डिपो स्कुल धरान, तारा पुञ्ज काकडिभिट्टा, लिटल फ्लावर, वाल्मीकि स्कुल र देवि मावि सहित ६ वटा विद्यालयले सहभागिता जनाएको थियो ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए