धरानवासीको हितमा काम गर

  • प्रकाशित मितिः फाल्गुन 2, 2076
  • 118 पटक पढिएको
  • औजार संवाददाता

धरान उपमहानगरपालिका नगर सभाको तयारीको लागि बुधवार बोलाईएको कार्यपालिका बैठक विषय बस्तुमा प्रवेश नगरि सकियो । धरान नगर प्रमुख तिलक राईले खानेपानीको एजेण्डा नराखिको भन्दैं केही वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि बैठकमा कुनै छलफल नै नभई बैठक सकिएको थियो । धरानमा खानेपानी हाहाकार भइरहँदा समेत खानेपानी बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख राईले कुनै एजेण्डा नल्याएपछि बैठक स्थगित भयो ।

यो पछिल्लो घटना हो । यस भन्दा अघि पनि पहिलो बैठकमा बैठक डाक्न प्रक्रिया पुरा नभएको भन्दै नगरप्रमुखको बैठक बहिस्कार भएको खवर बाहिरिएको थियो । यसले के देखाउँछ भने धरान उपमहानगरपालिकामा काम भन्दा बहुमतको दम्भा वढी देखिन थालेको छ । यसले धरानको विकास र समृद्धिमा ठुलो असर पु¥याउँदै आएको छ । यसले गर्दा धरानको विकास र समृद्धिका लागि जति धरानबासीले मेयर राई प्रति अपेक्षा गरेका थिए,त्यो हुन नसकेको देखिन्छ । त्यसैले यसरी होईन धरान नगरीमा के –कस्ता समस्याहरु छन् ?ती समस्याहरुको समाधान कसरी मिलेर गर्न सकिन्छ ? अनि आफनो अनुकुलको बैठकको ऐजेण्डा होईन,धरानको विकास र समृद्धिका लागि सवैको साझा विषय वस्तु समेटिएको ऐजेण्डा बन्नुपर्छ । कुनै त्यस्ता महत्वपुर्ण ऐजेण्डा नसमेटिएमा सवै धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु बसेर निकास निकालेर ऐजेण्डा राख्नुपर्छ । तर यहा यसो हुनुको साटो केही न केही वाहाना बनाएर सांसद भवनमा देखिएको जस्तो नक्कल धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा देखिन थालेको छ । यो धरानका जनप्रतिनिधिहरुलाई यसो गर्नु भनेर जनताले मत दिएका होईनन् ।

धरानको विकासमा अघि वढुन भनेर मत दिएका हुन् । यहा पक्षीय र प्रतिपक्षि होईन,निस्वार्थ भावनामा काम गर्नुपर्छ । यहाँ तेरो दल र मेरो दल होईन जनताले चुनेका जनप्रतिनिधिहरुले जनताको हितमा काम गर्नुपर्छ । एक जनाले होईन यहाँ सवैले मिलेर काम गर्नुपर्छ । यसमा बहुमत होईन सवै मिलेर धरानको विकास र समृद्धिका लागि एक भएर धरानका जनप्रतिनिधिहरुले काम गर्नुपर्छ। होईन भने भोली जनताले हिसाव किताव माग्नेछन् । त्यसैले धरानबासीको हितमा काम गर ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए