पूर्वाञ्चल क्याम्पसमा आर्किटेक्चर प्रदर्शनी हुने

  • प्रकाशित मितिः फाल्गुन 2, 2076
  • 89 पटक पढिएको
  • औजार संवाददाता

धरान । पूर्वाञ्चल इन्जिनियर क्याम्पस धरानमा आर्किटेक्चर प्रदर्शनी हुने भएको छ ।
क्याम्पसमा आर्किटेक्चर अध्ययरत विद्यार्थीहरुको साझा संठगन सोसाइटी अफ आर्किटेक्चरल स्टुडेण्डको आयोजनामा फागुन ४, ५ र ६ गते आर्किटेक्चर प्रदर्शनी हुने जानकारी बिहीबार क्याम्पसमा गरिएको पत्रकार सम्मेलन दिइएको छ ।

काठमाडौ बाहिर धरान स्थित पूर्वाञ्चल क्याम्पसमा मात्रै आर्किटेक्चर इन्जिनियर अध्यापन हुन्छ । २०७२ सालदेखि पूर्वाञ्चल क्याम्पसमा सुरु भएको आर्किटेक्चर फ्याकल्टीका विद्यार्थीहरुले सिकेको कामलाई प्रदर्शनीमा राखिने प्रदर्शनी संयोजक विवेक मण्डलले बताए । उनका अनुसार प्रदर्शनीमा मानव सभ्यताको विकास क्रम (गुफादेखि अहिलेको आधुनिक भवनसम्म) मा प्रयोग भएका घर तथा भवनको डिजाइन प्रदर्शनी, हिमाल, पहाड र तराईमा बनाइने भूगोल अनुसारका परम्परागत भवनका डेमो प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीमा २५ हजारले सहभागी भएर अवलोकन गर्ने लक्ष्य विद्यार्थीहरुले राखेका छन् । प्रदर्शनी विशेष गरी प्लस टुका विद्यार्थीहरु, कलेजका शिक्षक तथा सञ्चालकहरु, भवन निर्माण व्यवसायीहरु, मजदुरहरुलाई लक्षित गरी निमन्त्रणा गरिएको प्रदर्शनीका सह संयोजक विशाल देवले बताए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए