पब्लिक माविको सप्ताहव्यापी कार्यक्रम सुरु

  • प्रकाशित मितिः फाल्गुन 2, 2076
  • 82 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–१२ स्थित पब्लिक उच्च माविको ७३ औं वार्षिक उत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम विहीबारदेखी सुरु भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम गरिएको छ । विद्यालय परिषरमा गरिएको रक्तदानमा ५७ यूनिट रगत संकलन भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले बताए । जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागीता रहेको थियो । सप्ताहव्यापी कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुबेदीले गरिन् ।

कार्यक्रमलाई सम्बोधन गदै उपमेयर भण्डारीले विद्यार्थीहरुलाई पढाइसंगै सामाजिक सेवामा सहभागी गराउनु राम्रो कार्य थालनी भएको बताइन् ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यालयको सरसफाइ, मिनी म्याराथुन दौडलगायत विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको बताए । कार्यक्रमको समापन आउदो फागुन ८ गते हुने छ ।
समापन कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको सहभागीता रहने जनाइएको छ । २००३ सालमा स्थापना भएको विद्यालयलाई सरकारले नेपालको नमुना विद्यालयमा सुचिकृत गरेको छ । विद्यालयमा १ हजार ९ सय विद्यार्थीहरु अध्ययनरत छन् ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए