सूर्याेदय हेर्न पर्यटक बोलाउँदै ‘डाँडाबजार महोत्सव’

  • प्रकाशित मितिः फाल्गुन 1, 2076
  • 1572 पटक पढिएको
  • औजार संवाददाता

धरान, १ फागुन । पछिल्लो समय सूर्याेदयको दृष्य हेर्नकालागि प्रख्यात बन्दै गरेको ध्वजेडाँडा लगायतको क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले तीनदिने डाँडाबजार महोत्सव हुने भएको छ ।
यही फागुन २४ गतेदेखि २७ गतेसम्म हुने महोत्सवले स्थानीय पर्यटकिय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्य लिएको छ । धनकुटाको साँगरीगढी गाँउपालिका ५ नं. वडामा पर्ने ध्वजेडाँडामा होम स्टे सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । समुन्द्र सतहबाट २०४७ मिटरको उचाइमा रहेको ध्वजेडाँडा डाँडाबजारबाट १ किमी जतिको पैदल यात्रा पछि बल्ल पुगिन्छ । अहिले ध्वजेडाँडासम्म सवारी समेत पुग्छ । ध्वजेडाँडाबाट पूर्वाञ्चलका १६ बटै जिल्लाहरू देख्न सकिन्छ । ध्वजेडाँडाबाट सुर्योदय अवलोकनको साथै विभिन्न हिमालहरुको दृश्य अवलोकनको लागि पनि प्रसिद्ध छ । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजङ्घा, सगरमाथा लगायत अन्य हिमालहरूको अवलोकन गर्न सकिन्छ ।
महोत्सवले डाँडाबजार वरीपरि रहेका स्थानहरुको समेत प्रबद्र्धन गर्ने महोत्सव आयोजक समितिका संयोजक राजकुमार लिम्बूले बताउ । उनले एसियाको ठूलो बरको रुख, ओख्रे भ्यू टावर, भगीश्वर पार्क, जनजाती पार्क, गिद्धेभिर, हात्तिटार जस्ता पर्यटकिय क्षेत्रको प्रबद्र्धन गरिने बताए ।
महोत्सवमा मगर जातीहरुको हुर्रा नाच, च्याब्रुङ, चण्डी, साकेला जस्ता साँस्कृतिक प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ । महोत्सवलाई भव्य बनाउन साँगुरीगढी गाँउपालिका, ५ नं. वडा कार्यालय तथा मूल आयोजक समिति बनाएर बृहत आयोजक समिति गठन गरिएको छ । महोत्सवमा जानजातीहरुको मौलिक खानाका परिकारहरुको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत गरिने आयोजकले बताएको छ ।
महोत्सवको अवसर पारेर धनकुटा जिल्लाका क्लबहरुबीच फुटबल प्रतियोगिता गर्ने र विजेतालाई एक लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । बिहीबार धरानमा महोत्सव बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक टिमलाई अमोरा फेसन स्टो र बार्सिलोना फेसन स्टोरले जर्सी तथा ट्रयाकसुट वितरण गरेका थिए । महोत्सवको प्रचारकोलागि बिहिबार धरानका पत्रकार र महोत्सव आयोजक बीच फुटसल खेल समेत सम्पन्न भएको थियो । जसमा दुवै टिमले समाज ९ गोल गरेका थिए ।


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं