‘दुर्घ'टना'मा नायिका महिमा सिलवालको नि'धन’

  • प्रकाशित मितिः फाल्गुन 1, 2076
  • 1895 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं– नायिका महिमा सिलवालको सवारी दुर्घटनामा निधन भएको छ। बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरीमा उनी सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा उनको ज्यान गएको हो।

लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई धादिङको गजुरीमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए।

महिमा बहिनी सर्मिलासहित चितवनस्थित घर जाँदै थिइन्।

महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन्।

-एजेन्सी

 


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं