‘बास्केटबल प्रशिक्षक सहित खेलाडी सम्मानित’

  • प्रकाशित मितिः माघ 29, 2076
  • 173 पटक पढिएको
  • औजार संवाददाता

धरान । प्रदेश न १ बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई सहित चार खेलाडीलाई सम्मानित गरिएको छ । मङ्गलबार होटल सन्ध्या ईनमा आयोजित एक कार्यक्रमबिच बास्केटबल संघ धरान सुनसरिले उनिहरुलाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश एक सभामुख प्रदिपकुमार भण्डारिद्वारा उनिहरुलाई सम्मान गरिएको थियो । बास्केटबल प्रशिक्षक राईलाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै १३ औ दक्षिण एसियाली साग खेलकुद अन्तर्गत भारतको बेङलोरमा सम्पन्न खेलमा रजतपदक जित्न सफल आशा राईलाई समेत नगद ५ हजार र सम्मानपत्र प्रदान गरिएको छ । राष्ट्रिय रेफ्री तथा दक्षिण एसियाली खेलकुद बास्केटबलका ेअफिसियलको रुपमा भुमिका निर्वाह गरेका धरान १८ निवासि शिशिर पोख्रेल,भारतको बेङलोरकै सम्पन्न खेलमा अण्डर १६ नेपाली टिमको प्रतिनिधित्व गरि सहभागी भएका बैभव योगि, रवि बास्कोटलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बोल्द प्रमुख अतिथी प्रदिपकुमार भण्डारिले धरान खेलकुद लोकपृय रहेको र धरानलाई खेलकुदको राजधानीको रुपमा निर्माण गर्न प्रदेश सरकारले प्रक्रिया बढाईरहेको बताएका छन ।

साथै धरानमा खेलकुद ग्राम निर्माणको लागि ५ करोड प्रदेश सरकारको नीति तथा कार्यक्रममा उदघोष भएको उनले बताए । कार्यक्रममा उनले खेलाडिहरुलाई थप प्रगतिको शुभकामना समेत दिएका थिए । हिसान वरिष्ठ उपाध्यक्ष तथा डिपो माविका प्राचार्य राजकुमार राईले खेल दैनिक जिवनको आवस्यता रहेको यसले अनुशासन सिकाउने भएकोले यो मानिसको जिवनकै महत्त्वपूर्ण अङ्ग रहेको बताएका छन ।

खेलमा नवागंतुक खेलाडिहरुलाई प्रोत्साहन गर्न आवस्यक रहेको बताउदै सम्मानित खेलाडि लगायत अन्य खेलाडिहरुलाइ अझ मेहेनत गरेर पदक जितेर ल्याउन उनले शुभकामना समेत दिएका थिए । एन्फा प्रदेशका सचिव नवीन राईले शिक्षालाई पहिलो प्राथमिकता दिई खेल जिवनलाई समेत अगाडि वढाउन सुझाव दिएका थिए । बास्केटबल संघ धरानको अध्यक्ष सुरज कुमार लामाजो अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य बास्केटबल सुनसरी जिल्ला अध्यक्ष नारायण सुबेदिले राखेका थिए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए