‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

  • प्रकाशित मितिः माघ 26, 2076
  • 354 पटक पढिएको
  • औजार संवाददाता

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए । लोकतान्त्रिक तथा संवैधानिक मान्यतालाई भत्काउँदै कम्युनिस्ट पार्टी र सरकार देशलाई नै कव्जा गर्ने दिशातर्फ लागेको उनको तर्क छ ।

शनिबार झापा क्षेत्र नं.५ मा कांग्रेस कमल गाउँ समितिले गाउँ समिति, कमलले गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रको मर्म र भावनाविपरीत सरकारले संवैधानिक अंगलाई आफ्नो छाया मात्र बनाएको जिकिर गरे । भ्रष्टाचारको मुद्दामा पार्टीको नेता र कार्यकर्ता भएकै कारण कसैलाई उन्मुक्ति दिइएको र केहीलाई फरक पार्टीको भएकै कारण पूर्वाग्रही रुपमा मुद्दा चलाइएको उनको भनाई थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिकामाथि समेत कब्जा जमाएर सरकार आफ्नालाई जोगाउने र प्रतिस्पर्धीलाई ठेगान लगाउने नीतिमा अघि बढेको उनले बताए । नेता पौडेलले कांग्रेसले विरोधका लागि मात्रै सरकारको विरोध नगरेको दाबी गरे । पाँच वर्षको स्थिर सरकारले केही नौलो काम गर्न नसकेको उनको भनाइ छ ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्