शिक्षा सन्देश स्कुलको २९ औं वार्षिकोत्सव, समयानुकुल शिक्षामा जोड

  • प्रकाशित मितिः माघ 26, 2076
  • 897 पटक पढिएको
  • औजार संवाददाता

धरान । शिक्षा सन्देश बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रुपमा सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुका साथै गीत समेत गाएका थिए । वार्षिकोत्सव कार्यक्रममा प्याब्सनका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सवमा विद्यार्थीहरुले विभिन्न विषयमा प्रदर्शनी समेत गरेका थिए । कार्यक्रममा विद्यालयमा कक्षागत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
धरानको ६ नं. वडामा रहेको शिक्षा सन्देश बोर्डिङ स्कुलमा अहिले ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०६६ सालदेखि एसईईमा सहभागीता जनाएको विद्यालय धरानका उत्कृष्ट विद्यालयहरुमा गनिन्छ । शिक्षा सन्देशमा अध्ययन गरेका विद्यार्थीहरु बैंकिङ, निजामती तथा शैक्षिक क्षेत्रमा राम्ररी स्थापित भइरहेको विद्यालयका अध्यक्ष रमेश बस्नेतले बताए । उनका अनुसार गाँउमा रहेर पनि विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको र धरानका स्थापित विद्यालयले ल्याउने जस्तै नतिजा ल्याइरहेको छ ।
विद्यालयले अहिले गुणस्तरीय शिक्षाको साथ साथै समयानुकुल शिक्षा दिन नयाँ जोशका साथ लागेको विद्यालयका प्रिन्सिपल सन्तोष पौडेलले बताए । उनले पछिल्लो समय देशभरीकै विद्यार्थीहरुमा अनुशासनको कमी देखिदै गएको भन्दै विद्यालयले त्यसको सुधारकालागी समेत पाइला चालिसकेको बताए । उनले विद्यालयले अनुशासन, सँस्कृति र गुणस्तरीय शिक्षालाई नारा बनाएर अघि बढिएको बताए । उनले अहिलेको समयमा विद्यार्थीलाई किताबी ज्ञानको साथ साथै सिप र प्रविधि समेत उत्तिकै महत्वपूर्ण भएको बताए ।

मौसम र संगीता बने ‘स्टुडेन्ट अफ द इयर’
कक्षा ९ का विद्यार्थीद्वय मौसम पराजुली र संगीता रम्तेल ‘स्टुडेन्ट अफ द इयर’ घोषित भएका छन् । उनीहरुलाई कार्यक्रममा प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुको पठन–पाठन, अतिरिक्त क्रियाकलाप क्रियाशिलतामा, नम्र, इमान्दार र विद्यालयमा रेगुलर भएको आधारमा स्टुडेन्ट अफ द इयर घोषित गरिएको प्रिन्सिपल पौडेलले जानकारी दिए । 84720488_631708084254754_8311605120487915520_o 84606453_631707070921522_1472415647785811968_o 84888587_631708297588066_2449096747109056512_o 84760779_631709167587979_3822691901857857536_o 84737720_631707060921523_8675758217646571520_o 85200046_631709424254620_9079019916908036096_o 86178040_631706694254893_7243709898029006848_o

 


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं