भूजेल जातिको संस्कृतिमा आधारित चलचित्र निःप्हुगाल धरानमा प्रदर्शन हुने

  • प्रकाशित मितिः माघ 24, 2076
  • 313 पटक पढिएको
  • औजार संवाददाता

धरान । भूजेल जातिको संस्कार सँस्कृतिमा आधारित चलचित्र निः प्हुगाल (हामी भूजेल) को प्रिमियर शो धरानमा हुने भएको छ ।
बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै भुजेल समाज सेवा समितिले चलचित्रका बारेमा जानकारी दिएको छ । चलचित्र शनिबार धरान–१२ स्थित होटल स्टार पूर्वीमा विशेष शो राखिएको र सोमबार गोर्खा सिनेफ्लेक्स धरानमा प्रिमियर शो राखिएको भूजेल सेवा समाज सुनसरीका अध्यक्ष रवि भूजेलले जानकारी दिएका छन् । चलचित्र भूजेल सेवा समाज समिति केन्द्र र भूजेल चलचित्र संघले निर्माण गरेको हो ।

चलचित्रलाई कृष्णबहादुर गुरुङले निर्देशन गरेका छन् भने चलचित्रको मुख्य भूमिकामा भिम भूजेल र पूजा भूजेलले निर्वाह गरेका छन् । त्यस्तै सुरज भूजेल, पार्वती भूजेल, कला भूजेल, रेशम भूजेल लगायतले अभिनय गरेका छन् ।
भूजेल जातिको आफ्नो भाषा बोलिने तनहुको आधिमूल र पोखराको कास्कीकोट लगायतका क्षेत्रमा छायाङ्कन गरिएको भूजेल समाजका डिकबहादुर भूजेलले बताए । उनका अनुसार चलचित्रमा ७० प्रतिशत नेपाली भाषा प्रयोग गरिएको र बाँकी भूजेल भाषा समेत प्रयोग गरिएको छ ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्