'रजनीकान्तको ‘दरबार’ फ्लप' ?

  • प्रकाशित मितिः माघ 24, 2076
  • 261 पटक पढिएको
  • औजार संवाददाता

माघ २४ – बलिउड अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ । सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको फिल्मका वितरकहरूले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका ढक्ढकाउने भएका छन् ।

उनीहरूले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ । उनीहरूले रजनीकान्तले समस्या बुझेर आफूहरूलाई क्षतिपूर्ति दिने आशा राखेका छन् ।

यसअघि रजनीकान्तले ‘लिङ्गा’ नामक फिल्म फ्लप भएपछि वितरकहरूलाई रकम फिर्ता दिएका थिए । वितरकहरूले फिल्म निर्माण कम्पनी लाइका प्रोडक्सनले कुनै चासो नदिएपछि रजनीकान्तलाई भेट्ने निर्णय गरेका हुन् ।

रजनीकान्तको सो फिल्मको लागत दुई समय करोड भारूमा तयार भएको हो । जसमा रजनीकान्त एक्लैलाई पारिश्रमिक बापत एक सय आठ करोड भारू दिइएको थियो । फिल्मले विश्वव्यापी रुपमा २५० करोड भारू कमाएको बताइन्छ ।

-एजेन्सी


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्