''स्टेट अफ युनियनमा जे देखियो'', ट्रम्पले न्यान्सीसँग हात मिलाएनन्, पेलोसीले च्यातिन ट्रम्पको सम्बोधन (भिडियो सहित)

  • प्रकाशित मितिः माघ 22, 2076
  • 169 पटक पढिएको
  • औजार संवाददाता

सन् २०२० को अन्तिमतिर अमेरिकी राष्ट्रपति निर्वाचन हुँदैछ। राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्याकालका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन्। डेमोक्र्याट भने उम्मेदवार चयनमा नै व्यस्त छ। यसैबीच अमेरिकी सदनमा डेमोक्र्याटको सक्रियतामा ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ।

गत हप्ता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भयो। हाल माथिल्लो सदन सिनेटमा महाभियोगबारे छलफल हुँदैछ। सिनेटमा रिपब्लिकनहरुको बहुमत रहेकोले ट्रम्पविरुद्धको प्रस्ताव अस्वीकृत हुने सम्भावना उच्च रहेको छ।

राष्ट्रपति निर्वाचनको प्रचारप्रसार र महाभियोगको छलफलबीच ट्रम्पले आज दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेका छन्। स्टेट अफ युनियनु मा ट्रम्पले सम्बोधन गरिरहँदा डेमोक्र्याटसँग उनको मतान्तर प्रस्ट रुपमा देखियो। तल्लो सदनकी सभामुख न्यान्सी पोलेसी र सिनेटका अध्यक्ष रहेका उपराष्ट्रपति माइक पेन्सीको अगाडि पुगेका ट्रम्पले पेलोसीलाई नदेखेझै गरे। आफूसँग पेलोसीले हात मिलाउन खोज्दा ट्रम्पले उनलाई नजरअन्दाज गरे।

पेलोसीले ट्रम्पमाथि महाभियोग लगाउन सक्रिय व्यक्ति हुन्।

ट्रम्पको सम्बोधन सकिने बित्तिकै सभामुख पेलोसी कुर्सीबाट उठिन् र ट्रम्पको दिएको सम्बोधनको कपी च्यातिदिइन्। ट्रम्पको सम्बोधनबाट असन्तुष्ट भएर उनले  सम्बोधनको कपी च्यातेको बताइएको छ। यसरी सम्बोधन च्यात्नु पूर्व निर्धारित योजना नभएको दावी पेलोसी निकटले गरेका छन्।

यसरी ट्रम्प र पेलोसीले एकअर्काविरुद्ध खुलेर आउनुबाट सदन र ह्वाइट हाउसबीचको दुरी अझै बढ्ने संकेत रहेको अमेरिकी मिडियाहरुले अनुमान गरेका छन्।

पेलोसीले ट्वीट गर्दै डेमोक्र्याटले मित्रताका लागि जहिलै हात अघि बढाउने भन्दै सबैका लागि सँगै मिलेर काम गर्ने वातावरण बनाउन आफूहरु लाग्ने बताएकी छिन्।

पेलोसी र ट्रम्पबीच गत अक्टोबरदेखि नै संवाद भएको छैन।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए