''धरानमा भ्वाइस् अफ नेपालको म्यूजिक कन्सर्ट''

  • प्रकाशित मितिः माघ 20, 2076
  • 412 पटक पढिएको
  • औजार संवाददाता

धरान । रेडियो धरान ८८.८ मेगाहर्जको आयोजनामा हुन लागेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’को फाइनलिस्ट म्युजिक कन्सर्ट धरानमा हुने भएको छ ।
आइतबार धरानमा पत्रकार सम्मेलनमा आयोजनाको मिडिया कोर्डिनेटर शिशिर राइले दिएको जानकारी अनुसार कन्सर्टको लागि सम्पुर्ण टिम धरान आईसकेका छन् ।

माघ–२४ गते धरान–१२ मा रहेको पब्लिक स्कुलको खेल मैदानमा कन्सर्ट आयोजना हुने भएको हो ।सिजन २ का बिजेता राम लिम्बूको साथमा आरिफ राउफ, सनिश श्रेष्ठ, बिकास लिम्बू, टप ८ मा पर्न सफल याङ्की यल्मो र टप १० मा अटाएकी अञ्जु राना मगरको प्रस्तुती रहनेछ । लाइभ हुने कन्सर्टमा सम्पूर्ण गायकहरूलाई सङ्गीतका लागि प्रोजेक्ट डी ब्याण्डले ब्याकअप दिनेछन् ।

कन्सर्टको उद्घोषण भ्वाइस अफ नेपालका उद्घोषक सुशील नेपालले नै गर्ने जनाइएको छ  ।कार्यक्रम साँझ ५ बजेबाट सुरू हुदैछ ।
कार्यक्रममा उठेको रकमलाई समाज सेवामा लगानी गरिने मिडिया कोर्डिनेटर राईले वताए । उनका अनुसार ३० हजार रुपैयाँ नगद धरान १३ निवासी रुद्र बस्नेतलाई सहयोग गरिने भएको हो  । उनी स्नायु प्रणाली सम्बन्धी रोगबाट थलिएका छन । आर्थिक उपचारको अभावमा घरैमा वसेका वस्नेतलाई सहयोज गरिने भएको छ ।


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्