''बसाइ'' नाटकले दिएको जीवन्त सन्देश र परिपक्व कलाकारिता

  • प्रकाशित मितिः माघ 18, 2076
  • 748 पटक पढिएको
  • प्रकाश दिप्साली राई

पचासदेखि साठीको दषकमा मेरो वयस्क समय मोरङको सतिसालेमा बित्यो । साठीको दषकमा विविध कारणवस आºनो कर्मथलोलाई रुँदै रुँदै विदा गरेर हाल म वरहाहाक्षेत्र नगरपालिकाको वार्ड नं.–३ को नडाहामा बसोबास गर्दै आएको छु । झण्डै डेढ दषकपछि गत १२ गते आइतबार बसाईं नाटक हेर्ने मौका मिल्यो । त्यो नाटकले एक पल्ट मलाई अतितमा पु¥यायो ।
म सतिसालेमा रहँदा याङसिलाको कला र साहित्यको विकास गर्ने उदेश्यका साथ २०५३÷५४ साल तिर साहित्य संगालो मासिक भित्ते पत्रिकाको प्रकाशन गरियो । त्यसको केही वर्ष पश्चात रेडियोमा आºनो प्रभाव जमाउन गुञ्जन रेडियो श्रोता क्लबको स्थापना गरियो । दमदार रुपमै संस्थाहरु चल्यो । यी दुई संस्थाले साहित्यको उल्लेख्य विकासमा टेवा पु¥याए पनि कला क्षेत्र ओेझेलमा परेको अनुभति भयो र २०५७ सालमा के.सी. (किरात चौक) नाट्य जमातको स्थापना गरियो । र निरन्तर नाटक मञ्चन गरियो । दशैंमा त झनै अनिवार्य रुपमा नाटक मञ्चन गथ्र्यौं । त्यो बेला हामीलाई अत्याधिक रुचाइन्थ्यो । हुन पनि हामी संस्थागत रुपमा नाटकको विकासमा साहस गर्ने हामी नै थियौं । अरुले मनोरञ्जन या त एनजिओ, आइएनजिओहरुको सिजने बाली जस्तो तरिकाल सडक नाटक देखाउँदै हिड्थे । तर हामीले नाटकलाई कहिले त्यो रुपमा हेरेनौं । अझ नाटक देखाइसके पछिको आनन्द छुट्टै हुन्थ्यो । नाटक मञ्चन पश्चात नारी पात्रहरु बेलैमा घरमा जान्थे , हामी पुरुष पात्रहरु चाहीं सरसमानहरु थन्काउथ्यौं । अनि ति नारी पात्रहरुको घरमा जान्थ्यौं । त्यहाँ उनीहरुले हाम्रा लागि विभिन्न प्रकारका परिकार बनाएर पर्खिरहेका हुन्थे । हामी प्रत्येक घरमा पालै पालो रातैभरि डुल्थ्यौं अनि दिउँसोको नाटकको समिक्षा हुन्थ्यो । खुशीको उन्मादमा कहिले नपिउनेहरुले पनि जाँण रक्सि पिउँथ्यौ र खुशी साटासाट गथ्र्यौं । त्यो बेला मलाई साथ दिने साथीहरु राकेश राई, वृता माञ्जी, भुपाल राई, जय प्रसाद राई, प्रकाश दर्लामी, सावित्री राई, गणेश मगर, रञ्जित लिम्बु, तेज कुमार तावारुङ, चिनो सुब्बा अभागी, अशोक राई, जोसना राई लगायतलाई पनि बहुत सम्झेको छु । के के नै त गर्न सकेको छैन तर जे जति छु ती साथीहरुको कहीं न कहीं देन छ । र पनि उललेखित साथीहररुलाई नसम्झि आजसम्मको यात्रा अपुरो हुन्छ ।

‘बसाइ“ नाटकको एउटा मन छुने दृष्य
आज म परिस्थितिवस् त्यहाँभन्दा टाढा छु । पछिलो समयमा निक्कै ठलठुला विभिन्न नामका कला, साहित्य तथा सांगीतिक कार्यक्रमहरु हुने गरेका छन् । ती कार्यक्रमहरुमा केही साथीहरुलाई सम्झिदिए हुन्थ्यो जस्तो लाग्छ । आयोजकहरु आºसेआफ सतिसालेको त्यो माहौल बने झैं गर्छन् ।त्यो बेला भने बहुत दुःख लाग्छ । म यो पनि दावा गर्छु जानी नजानी, सकि नसकी सतिसालेमा पत्रकारिताको जग हामीले नै बसाएका हौं । जे होस् यो भयो हाम्रो पालाको रंगमञ्च र कलाको कुरा ।
अहिले धरानको चौक र गल्लीहरुमा गते गत माघ ९ गतेदेखि माघ १५ गतेसम्म मञ्चन भएको नाटक बसाईको चौतर्फी चर्चा छ । यो नाटकले यती लोक प्रियता पायो कि दर्षकको अत्याधिक अनुरोधमा नाटक टिमले तोकेको समय अवधी भन्दा अरु दुई दिन मञ्चन गरियो । लिलबहादुर क्षेत्रीको वहुचर्चित उपन्यास बसाईंलाई नाट्य रुपान्तरण गरेर एउटा हिम्मत कवि विनय सरगमले देखाए भने झन ठूलो साहस यो नाटकलाई निर्देशन गरेर रंगकर्मी मिलन चाम्लिङले देखाए । मोफसलमा मञ्चन भएको नाटकले यति धेरै चर्चा पाएको पहिलो पल्ट हुनु पर्छ । ब्यस्त समयका बाबजुत बल्ल तल्ल एक सो हेरियो । मसँगै एक जना साथी थिए । नाटक हेरिसके पछि उनले मलाई प्रतिकृया दिए म दशौं वटा ºिलम हेर्ने पैसाले आइन्दा नाटक हेर्छु । साँच्चै यो भनाइले मलाई निक्कै छोयो । साँच्चै नै बसाईं नाटकले दर्षकको मन कति छोयो भन्ने प्रमाण पनि त हो यो । यो त एउटा प्रतिनिधि प्रतिकृयामात्र हो अरु प्रतिकृया त उल्लेख गरि साध्य छैन । दर्षकहरुको लागि आँशु र हाँसोको दोभान बन्यो बसाईं नाटक । बसाईमा दुई सिनमा दर्षक धुरु धुरु रोए । नसुकसुकाएको दर्षक थिएनन् । एउटा सिनमा चैं मैले नि मन थाम्न सकिन दर्पाणछायाँ पछाडी मलाई कुनै पनि कृतिले रुवायो भने बसाईंले रुवायो । जति बेला वैदारले धनेको तमसुक च्यात्छ त्यो बेला जोकोही हुरुक्कै हुन्छन् ? र अर्को दृष्य जब धनेको परिवार सब सब पाखाबारी नन्देसाहुलाई जिम्मा लगाएर बसाईं जाने तमतयारी हुन्छ त्यो बेला नरुने दर्षक कोही हुन्नन् । बसाईं सर्नुको पीडा मैले नी भोगेको छु । म नि रुँदै रुँदै २ ठाउँ सरेको छु । र नि यो नाटकले मलाई छोएको हुन सक्छ । पनि रिकुटेको अभिनयले नाटकलाई अर्को जीवन्त थपेको छ । नाटक एकोहोरो दुःखान्तमा बगिरहँदा उनको अभिनयले नाटकमा केही रमाइलो पनाको अनुभुति दिन्छ । समाजका केही खल पात्रलाई नाटकमा उतारिएको छ, जो हाम्रो समाजले भोग्दै आएको यथार्थ पनि यही हो । मैनाले आदर्श पत्नीको भुमिका निर्वाह गर्दै नेपाली समाजमा एउटा सुन्दर सन्देश थपेको छ ।

कार्कीको जिम्मेवारी पनले नाटकको सौन्दर्यलाई थप मजबुत बनाएको छ । नाटकमा वैदार, नन्दे साहु, कान्छा, झुमाले आ–आºनो ठाउँबाट न्याय गरेका छन् । अन्य समाज त भोगेका छैनौं हामीले तर नेपाली समाजलाई नियाल्ने हो भने दुःखिया माथि नै विपदहरु आई लाग्छन् भन्ने कुरा ठ्याक्कै मेल खाएको छ । जस्तो कि भैंसी ल्याएकै रात मर्नु, नन्दे साहुको भैसी हसियाले हान्दै एकैmतालमा मर्नु अनि झुमा रिकुटेसँग अनैतिक सम्बन्ध राख्नु यसका उदाहरणहरु हुन् । उपन्यास पढ्दा पढ्दा रिप्पु भइसकेका हामीमाझ यो कथाको वर्णन गर्नु आवश्यक छैन ।

साँच्चै ति मेरा साथीले भने जस्तै नाटक हेर्नुको आनन्द छुट्टै छ । कैयौं ºिलम हेर्नुको आनन्द एउटा नाटक हेर्नुमा छ । पछिल्लो सफल चलचित्रहरुमा रंगमञ्चबाट आएका कलाकारहरुकै दबदवा छ । कुनै कृतिलाई जीवन्त बनाउन रंगमञ्चको अहम भुमिका हुन्छ । र यो निक्कै कठिन काम पनि हो । भने जस्तो साबधानी अपनाउन सकिएन भने त त्यो कृति माथि अन्याय पनि हुन जान्छ । तर बसाई नाटकलाई रंगभुमि एकेडेमीलाईले होसियारीपुर्वक प्रस्तुत गरेर वहुचर्चित कृति माथि न्याय गरेको छ । कलाकारहरुले साँच्चै उपन्यासकै झल्को दिने पारामा आºनो अभिनय कलाकारितामा परिपक्वता देखाएका छन् । कलाकारमा खोट लगाउने कुनै ठाउँ छैन । मञ्चको साज सज्जा उस्तै सुन्दर । खरले छाएको घरको परिकल्पना ? वा..वा.. भन्न लायक । थिएटर अथवा नाटक घर उचित व्यवस्था नहुँदा प्रकाश व्यवस्थापनमा चैं समस्या भयो होला कि भन्ने खुल्दुलीले सताउँछ । मेरो छेउमा बस्ने एक दर्षकले प्वाक्क मुख खोलिहाले यो अँध्यारोमा कसरी सरसमान मिलाउँछन् होला ? नाटकमा त पर्दा हुनु पर्ने हैन र ? हो पर्दा हुनु पर्ने हो तर हामी बस्न पो उपमहानगरपालिकामा बस्छौं त यहाँको हालत त गाउँ पञ्चायत जस्तै पो छ त । अहिले रेल्वेदेखि वरगाछी र माथिल्लो छेउमा चतरा लाईनको बाटोका अवस्था हेर्नु न । उचित नाटक घर त परको कुरा पो त । त्यो मानेमा सीमित श्रोेत र साधन बिच त्यति बिघ्न सफल नाटक देखाउनु आफैमा चुनौतिपूर्ण थियो । सामना गरे र अत्याधिक सफलता पनि हात पारे बसाइँ टिमले ।

बसाइँ नाटकको अर्को लोकप्रियता भनेको सबै क्षेत्र , उच्च ओहदाकाले यो नाटक हेरे । र सर्व साधारणले पनि त्यतिकै आºनो कथा ठानेर यो नाटक आºनो मुटुमा सजाए । अनि यो नाटककलाई प्रवर्धन गर्न कुनै मिडिया पछि परेनन् । मलाई यो किसिमको नाटक लोकप्रिय भको जोखना थाहा छ । त्यस पछि त यो नाटक नै हुनु पर्छ मिडियामा यति धेरै छाएको र नै पनि यो नाटकलाई दर्षकको माग बढ्यो र अरु दुई दिन समयावधी बढाएर दर्षकको धित मार्न सफल भए बसाई नाटक टिम ।
अन्त्यमा आम पूर्वेली दर्षकको मन जित्दै नाटक प्रतिको मोहलाई चुल्याउन सफल भएकोमा बसाईं नाटक टिमलाई बधाई । साथ साथै यो नाटक मञ्चनको निम्ति साहस गर्ने सिङ्गो टिमलाई सलाम अनि साधुवाद ।


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं