सडक बालबालिकाको उचित ब्यबस्थापन हुनुपर्छ : नवीन तामाङ

  • प्रकाशित मितिः माघ 16, 2076
  • 133 पटक पढिएको
  • औजार संवाददाता

इटहरीलाई केन्द्रबिन्दु बनाएर बिगत १० बर्षदेखी नेपाल कम्युनिष्ट पार्टी पूर्व माओबादी केन्द्रबाट राजनीतिमा सक्रीय नवीन तामाङ यूवाहरुमाझ लोकप्रिय मानिन्छन् । उनी पूर्व माओबादी केन्द्रको इटहरी उप–महानगरपालिका अध्यक्ष पनि हुन् । २०५० सालमा सुनसरीको बराहक्षेत्र नगरपालिकामा जन्म भई प्राथमिक शिक्षा बराहक्षत्रबाटै गरेका तामाङले २०६१ सालमा इटहरी बसाई सरेपछी पिसजोन रेसिडेन्टल स्कुलबाट माध्यमिक अध्ययन सकेर सुस्मा गोदावरी कलेजबाट सिभिल इन्जिनियरि·मा अध्ययन गरे । २०६६ सालबाट माओबादी केन्द्रबाट पुर्णकालिन राजनिती सुरु गरेका उनी इटहरीमा राम्रो र स्वच्छ छवि बनाएका युवा नेता मानिन्छन् । उनको राजनीतिक जीवन, व्यबसायिक यात्रा, राजनितिक सक्रीयता, संगठनिक भूमिका लगायत विषयमा केन्द्रीत रहेर तामाङसंग गरेको संक्षिप्त कुराकानी ः

अहिले खासगरी के मा ब्यस्त हुनुहुन्छ ?
अहिले म खाससगरी भन्नू पर्दा पार्टी एकतालाई ग्रामिण स्तरमा र इटहरीमा कसरी मजबुत र सकृय बनाएर लाने भन्ने विषयमा साथिहरु र युवाहरुमाझ र नेतृत्वसंग छलफलमा नै छु । आफ्नै ब्यबसायमा पनि अहिले अलिअली ब्यस्तता छ ।

ब्यबसायमा ब्यस्त भन्नू भयो । ब्यबसायका बारेमा केही बताउनुहोस् न ?
मेरो अध्ययन र पारिवारिक ब्यबसायिक पृस्ठभुमिका आधारले स्थानिय स्तरमा विभिन्न बिकास निर्माणका काममा सघाउने गर्छु । म र मेरा केही साथिहरु मिलेर हामी ‘नमु निर्माण सेवा’ भन्ने कम्पनी बिगत केही समयदेखि सञ्चालन गरि रहेका छौं । म लगायत मेरा अनन्य मित्रहरु साजन राई, नवीन चौधरी र मेरो आदर्णिय दाइ मन कुमार राई मिलेर उक्त कम्पनी चलाई रहेका छौं । खास गरि यसैमा अलिअली ब्यस्त रहिन्छ ।

तपाईको बुझाइमा संगठित पार्टिका युवाहरुको राष्ट्र निर्माणमा कस्तो भुमिका रहन्छ ?
सर्बप्रथम त राष्ट्र निर्माणमा यूवाहरुको नै ठूलो भूमिका रहन्छ । यूवाले नै रास्ट्र निर्माणमा सहयोग गर्ने हो । सरकारलाई सघाउने हो । यूवाले राष्ट्र निर्माणमा सहयोग गर्नका लागि पहिलो कुरा त यूवामा सक्षमता र नेतृत्वदायी भुमिका खेल्न सक्ने क्षमता हुन जरुरी हुन्छ । त्यस्का लागि पार्टी कमिटिले केन्द्र स्तर, प्रदेश स्तर र स्थानिय स्तर सबै क्षेत्रबाट यूवाको नेतृत्व क्षमता अभिबृदिको लागि विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्न पनि जरुरी छ । यूवा भनेको त्यो शक्ति हो जस्ले संयमताको बाध टेकेर खरो पथ्थर पनि पग्लाउन सक्छ । विभिन्न नयाँ कन्सेप्टले नयाँ र रचनात्मक काम गर्ने क्षमता र जोस् पनि यूवामै हुन्छ । हाम्रो पार्टीले पनि सहायक भूमिकामा युवालाई नै राखेको छ । एक अर्थमा भन्नू पर्दा युवामा परिबर्तनका लागि नयाँ रचनात्मक काम गर्ने इच्चाशक्ति र जोस सधैं नै रहन्छ । त्यसैले राजनितिक पार्टीको मात्र नभएर सम्पुर्ण यूवाहरुको रास्ट्र निर्माणमा महत्वपुर्ण भुमिका रहन्छ ।

समग्र रुपमा भन्नुपर्दा तपाइको बुझाईमा यूवाका खास सम्स्याहरु के हुन् ?
पहिलो कुरा त हामिले सुन्ने गरेको एउटा उखान छ । ‘आजका विद्यार्थी भोलिका कर्णधार’ हुन् । त्यस्तै हिजोका बाल विद्यार्थी आजका यूवा र आजका विद्यार्थी भोलिका यूवा हुन् । यस अर्थमा भन्नू पर्दा शिक्षा क्षेत्रमा भएको बिकृती र बिसङ्गतिका कुराहरु आउँछन् । हाम्रो अहिलेसम्मको शिक्षा प्रणालिले विद्यार्थीलाई रचनात्मक र प्राक्टिकल शिक्षा दिनै नसकेको अब्स्था छ । एउटा गरिब परिवारको क्षमता भएको विद्यार्थी आर्थिक समस्याको कारण कहिलै डाक्टर र इन्जिनियर बन्नै सक्दैन । हाम्रो शैक्षिक प्रणाली नै अलिक फितलो भएको पनि हो । त्यसलाई ब्यबस्थापन गर्न सरकारले विभिन्न कार्यक्रमहरु गरे पनि त्यसले सफलता नपाएको भने हो । अर्को तर्फ हामिले समाजमा भएका अनाथ, असहाय बालबालिकालाई ब्यबस्थापन गन नसक्नु पनि एउटा समस्या हो । आज भोक तिर्खा र समाजको हेपाइ खपेका ती सडक बालबालिका भोलिका दिनमा समाजको दुस्मन भएर निक्लने कुरामा दुइमत हुन्न । आज विभिन्न तवरले चोरी, डकैती , हिंशा र पैसाको प्रलोभनमा अपराधिक गतिबिधी गर्ने अधिकांश ब्यक्तिहरु हिजोका त्यही सडकका बालबालिका हुन भन्ने मेरो बुझाई छ । यो कुरालाई हामिले अब पनि ब्यबस्थापन गर्न सकेनौं भने भोलि पनि हामिले यो स्थिती भोग्नु पर्ने देखिन्छ । यो पनि एउटा समस्या हो ।
यूवाको खास समस्या भनेको चैं आफ्नो अध्ययन अनुसारको काम र जागिर नपाएर बिदेश पलायन हुनुपर्ने बाध्यात्मक परिस्थिती पनि हो । केही समय अगाडि सरकारले घोषणा गरेको बेरोजगार भत्ता योजना, रोजगारको योजनाहरु पनि सफल हुन सकेनन् । बास्तबमा अहिले यूवाको आवस्यकता भनेको बेरोजगार भत्ता नभएर आफ्नो क्षमता अनुसारको काम गर्ने अबसर हो । सरकारले पनि यो कुरालाई बुझेर अघि बढ्नुको बिकल्प छैन ।

नेकपा इटहरी नगर समिती चयन हुंदा तपाईं लगायत केही यूवाहरुलाई नेतृत्वले जानिजानि बाईपास गरेको भन्ने थियो नि ?
केही समय अगाडिसम्म पार्टीमा केही कमिकमजोरिहरु चैं थिए । पार्टीमा आफ्ना आफन्त र गोजिका मान्छेलाई उस्को केही भुमिका नभए पनि तानेर राख्ने चलन थियो । म लगायत पार्टीमा धेरै समय दिएर राजनिती गरेका अन्य केही साथिहरु पनि यहि स्थितिको सिकार भएको हो कि भन्ने चैं मेरो बुझाइ मात्र छ । अब हामी पार्टी एकताको दौरानमा निकै अघि बढिसकेका छौं । ती चलन र तरिका हरुको अन्त्य भै सकेको अनुभूति पार्टीको पछिल्लो काम, सर्कुलर र भरखरै केन्द्रबाट पार्टीले बनाएको आचारसंहिताले दर्शाउंछ । केही कमि कमजोरी हाम्रा थिए होलान केही नेतृत्वको । अब बितेका कुरालाई खण्डन गर्नुभन्दा पनि हामी पार्टिको सर्कुलर अनुसार पार्टीलाई सक्षम र अझ बलियो कसरी बनाउने भन्ने तिर हामी केन्द्रीत छौं । अर्को कुरा पार्टीमा काम गर्ने पदले भन्दा पनि दृढता र इच्छा शक्तीले हो । यो कुरालाई मध्यनजर गरेरै अगाडि बढिन्छ ।

अन्त्यमा ?
सर्बप्रथम मेरो कुराहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा हार्दीक धन्यबाद दिन चाहन्छु । हामी पार्टी एकता र नेपाल कम्युनिष्ट पार्टीलाई अझ सब्य र भब्य बनाउनका लागि ग्रामिण स्तरबाट विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने योजनामा छौं । अरु चैं अब बोल्ने भन्दा पनि काम गरेर देखाउने नै हो । धन्यबाद ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए